मतपेटिका भित्र एसिड भेटियो

रोल्पा असार १४ –प्रदेश नम्बर ७ अन्तर्गत रोल्पाको धवाङस्थित मतदान केन्द्रमा एक जना मतदाताले मतदान गर्ने क्रममा लुकाई लगेको एसिड मतपेटिकामा खसालेपछि सो मतदान केन्द्रको मतदान प्रकृया केहि समयको लागि रोकिएको छ ।
रोल्पा नगरपालिका वडा न. १० स्थित मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकाको बाकस भित्रबाट बिहान साढे १० बजे धुलो उडेपछि उक्त घटना बाहिर आएको थियो । कुनै मतदाताले मतदान गर्ने क्रममा लुकाएर लागेको एसिड छिराएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले अबगत गराएका छन् ।

घर्तिका अनुसार एसिड राख्ने व्यक्ति को हुन् भनेर अझै यकिन भै नसकेको बताएका छन् । केहि समय सवै राजनीतिक दलका प्रतिनिधि र मतदानअधिकृतविच छलफल गरि सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गरिने तयारी भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *