मत परिणामको विषयलाई लिएर मोरङको पथरीमा झडप

विराटनगर १९ असार- मत परिणामको विषयलाई लिएर मोरङको पथरीमा झडप भएको छ। पथरी बहुमुखी क्याम्पसको गणनास्थलमा आइतबार ११ बजे राति बाटै विवाद सुरु भएको थियो।

वडानम्बर ९ को वडा अध्यक्षमा भानु राईले ७ सय ७४ मतप्राप्त गरी विजयी भएको घोषणा गरिएको थियो। कांग्रेसका वीरबहादुर राईले ७ सय ६७ मत प्राप्त गरी पराजित भएका थिए ।

कांग्रेस र माओवादीका समर्थकले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै प्रदर्शन गरेपछि तनाव भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *