मधेसी मोर्चालाई आतंककारीको संज्ञा दिए लालबाबु पण्डितले

फागुन २६ काठमाडौ,नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसी मोर्चालाई आतंककारीको संज्ञा दिएका छन् ।मधेसी मोर्चाले अपराध घुसाएर राजनीति गरिरहेको आरोप लगाउँदै उसलाई आतंककारी भनिनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

एमालेले राजविराज घटनाबारे नेता कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको बास्तविकता बाहिर ल्याउँन बोलाईएको बृहत् भेलामा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बिहिबार राजधानीमा आयोजित बृहत भेलामा उनले भने, ‘ मोर्चामा राजनीतिक विचार छैन । राजनीति भित्र अपराध घुसाएर राजनीति गरिएको छ।’ पार्टीको बाँकी अभियान सकिएपछि २ नम्बर प्रदेशमा शक्ति लिएर एमाले जाने भन्दै तयतिबेला ताकत देखाइदिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *