“मनको जलन” गीति एल्बम सार्वजनिक

युवा गीतकार स्टारहाङ वान्तवा “जलनको” एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली गीति एल्बम “मनको जलन” हिजो सार्वजनिक भएको छ।

सगरमाथा टेलिभिजनको लोकप्रिय कार्यक्रम प्ले स्टोर(play store) मार्फत गरिएको एल्बम विमोचन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार डा.कृष्णहरी बराल, गायक दिपक लिम्बु र संगीतकार राज खड्काले संयुक्तरूपमा गीति एल्बम “मनको जलन” सार्वजनिक गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरी बरालले एल्बमको बारेमा चर्चागर्दै शब्दहरु निकै राम्रो रहेको र शब्दले मागेको जस्तै संगीत संगीतकारले दिन सफल भएकोले पनि गीतहरु निकै राम्रो बनेको बताउनुभयो। साथमा उहाँले भन्नुभयो गीतकारको गीति लेखन यात्रा निकै आश लाग्दो रहेको र पहिलो कोसेली स्वरुप एउटा सिङ्गो एल्बम लिएर बजारमा आउन निकै चुनौती पुर्ण भएता पनि गीतकारले त्यो चुनौती पार गर्दै “मनको जलन” लिएर आउन सफल भएकोमा बधाई साथै एल्बम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

यसैगरी नेपालकै चर्चित गायक दिपक लिम्बुले पनि एल्बममा समाबेश गरिएका गीतहरु को निकै लामो प्रसंसा गर्दै आफुलाई पनि “मनको जलन”मा समाबेश गर्नुभएकोमा गीतकार र संगीतकार प्रती खुशी ब्यक्त गर्दै एल्बम सफलताको शुभकामना दिदै आगामी दिनहरुमा पनि सँगै सहकार्य गरेर अगाडि बड्ने बताउनुभयो।

उक्त गीति एल्बम “मनको जलन”मा ६ वटा गीतहरु समाबेश गरिएका छन् भने एउटा म्युजिक ट्र्याक सहित जम्मा ७ वटा म्युजिकहरु संग्रहहित छन्। जसमा एकल संगीत गायक तथा संगीतकार राज खड्काको रहेको छ भने आवाज नेपालकै ख्यातिप्राप्त गायक गायिकाहरु प्रमोद खरेल, दीपक लिम्बू, हेमन्त शर्मा, मेलिना राई,सुमिना लो र राज खड्काले दिनुभएका छन्।

गीति एल्बम मनको जलनमा समाबेश ६ वटा गीतहरु मध्य ३ वटा गायक प्रमोद खरेलको आवाजमा रहेको “मुटु झिकेर कसरी दिउ” गायक दिपक लिम्बुको आवाजमा रहेको “मृग नयनी आँखा” र गायिका मेलिना राईको आवाजमा रहेको
“सम्झेर तिमी आँसुले मेरो” बोल रहेको गीतहरुको म्युजिक भिडियो समेत बनाइएको छ।उक्त म्युजिक भिडियोहरु सोही विमोचन कार्यक्रम मार्फत सार्वजनिक गरिएको र युटुबमा पनि अप्लोड गरिसकिएको गीतकारले जानकारी दिनुभएको छ।म्युजिक भिडियोहरु मा नेपाल र नेपाल बाहिर बिदेशका विभिन्न सहरहरुका रमणीय दृश्यहरु देख्न सकिने छ।