मलेशियाका व्यापारीहरु संग प्रधानमन्त्रिले भने, नेपालीहरुले कुनै समस्या भोग्नु नपरोस

काठमाडौ १७ बैशाख, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताएका छन् । आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्रीले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले भने, ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ । यसै वर्ष हामीले नेपालमा लगानी सम्मेलन ग¥यौं, पूर्वाधार विकास सम्बन्धि सम्मेलन पनि भयो । लगानीको राम्रो प्रतिवद्धता आएको छ । लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानूनहरु परिमार्जन गरेर हामी लगानी भित्राउन चाहन्छौं । अहिले ७% आर्थिक वृद्धि हासिल गरिएको छ, नेपालको समृद्धि र विकासमा सकारात्मक लक्षणहरु देखा परिरहेका छन् ।’

प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताए । प्रधानमन्त्रीले भने, ‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ । नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताए । भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गरे। भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *