मलेशियामा साकेला नाच सँगै विभिन्न ब्याक्तित्वहरुलाई सम्मान गरेर उधौली पर्व कार्यक्रम सम्पन्न

bishwa rai malaysiaपौष १३ मलेशिया, किरात राईहरुको महान चाड उधौली (साकेला) मलेसियामा भव्य रुपमा सम्पन्न भएको छ । किरात राई यायोख्खा मलेशियाद्धारा मलेशियामा पहिलो पटक आयोजित साकेला कार्यक्रममा मलेशियामा रहेका राई समुदाय र गैर राई समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा किरात राईहरुले मनाउने गरेको उधौली (साकेला) कार्यक्रमको बिषयमा उपस्थित बक्ताहरुले प्रकाश पार्नुका साथै साकेला नृत्यको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मलेसियामा रहेका राई समुदायबाट विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने राई ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फिलिपिन्समा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण पदक प्राप्त गर्ने कराँते खेलाडी कर्ण राई, एनआरएनए मलेसियाका अध्यक्ष विश्व राईलाई सम्मान गरिएको थियो ।

क्वालालम्पुरमा भएको कार्यक्रममा, मलेशियाको जोहर,इपो लगायत अन्य ठाउँ बाट सहभागी भएका थिए । जनजाति महासंघका अध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मलेसियामा अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साकेलाको केहि झलकहरु

malaysiama sakela

malaysia sakela sammanmalaysiasakela

Leave a Reply

Your email address will not be published. Required fields are marked *