मलेशियालाई हराउदै नेपाल फाइनलमा

काठमाडौं, १ पुस – नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

थाइल्यान्डमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रन बनाएका थिए । जवाफमा १२८ रनको विजय लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमै अलआउट भयो ।

नेपालका लागि सूर्य तामाङले सर्वाधिक ४ विकेट लिँदा नारायण जोशीले ३ विकेट लिए । प्रतियोगिताको उपाधिका लागि अब नेपालले आइतबार (भोलि) सिंगापुरको सामना गर्नेछ । सिंगापुरले हङकङलाई हराउदै फाइनलमा स्थान बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *