महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने

काठमाडौ २८ असार-सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको बताईएको छ । कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ति दिएर ठेक्का रद्द गरिनेबताईएको छ ।

कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेको भएपनि हालसम्म न प्रगति विवरण न ठेकेदारले सम्पर्क गर्न नै आएकोले गर्दा ठेक्का रद्ध गर्न लागिएको हो ।

सार्वजनिक खरिद ऐनले गर्दा कम्पनीसँग सिधै ठेक्का रद्द गर्न मिल्दैन, सम्झौता भएको हुनाले रद्द गर्ने समयमा पनि कम्पनीसँग प्रक्रिया पु¥यएर मात्र ठेक्का रद्द गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । ठेकेदार कम्पनीले केही समयअघि नै केही राजश्वसमेत तिरिसकेको छ ।

कामनपाले यसअघि पनि नियमित काम गर्नका लागि चेतावनी दिएको थियो । महानगर र निर्माण कम्पनीबीच दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हालसम्म एक प्रतिशत पनि प्रगति नभएको कार्कीले जानकारी दिए ।

विसं २०७२ को शुरुदेखि टावरको निर्माण प्रारम्भ हुने भनिएपनि भूकम्पका कारण काम रोकिएको थियो । पहिले २५ तले बनाउने सम्झौता भएकोमा भूकम्पपछि साढे तिन अर्बमा १२ तलाको टावर बनाउने निर्णय गरिएको थियो । त्यसपछि नाकाबन्दीले गर्दा काम शुरु हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *