महा सेनानी कुमार लामा काममा फर्किए

असोज ८ काठमाडौ , युद्ध अपराधमा बेलायती अदालतबाट सफाई पाएका नेपाली सेनाका महासेनानी कुमार लामाले ४ वर्षपछि, बिहीबारबाट सैनिक मुख्यालयमा काम थालेका छन्।kumar lama

बेलायतमा युद्ध अपराध सम्बन्धी मुद्दामा सफाई पाएपछि लामा असोज ४ मा नेपाल आइपुगेका थिए। उनले बिहीबारबाट सैनिक जंगी अड्डामा काम थालेका हुन् । लामा फर्किए लगतै उनीसँग सेनाको कानुनी पक्षले हेरेको थियो। कानुनी काम सकिएपछि उनले काम थालेका हुन्।

लामामाथि माओवादीको सशस्त्र द्वन्दको बेला कपिलबस्तुमा जनक राउत र करिम हुसेनलाई सन् २००५ मा यातना दिएको अरोप लगाइएको थियो। सन् १९८६ मा आर्मीमा भर्ति भएका लामाले सन् २००८ मा बेलायतको (स्थायी बसोबास अनुमति) पीआर लिएका थिए। तर मुद्दा जिते लगतै उनले पीआर नदिने गरि नेपाली दुतावासबाट गृहमन्त्रालयलाई पत्र लेखिसकेका छन्।

लामालाई सन् २०१३ को जनवरीमा आफ्नो परिवार भेट्न जाँदा बेलायती प्रहरीले समातेको थियो। उनी त्यस बेला दक्षिण सुडानमा संयुक्त राष्ट्र संघको शान्ती मिसनमा खटिएका थिए र छुट्टी मनाउन बेलायत पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *