माओवादीको पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा छलफल

मंसीर १४ काठमाडौं,एकीकृत माओवादीको केन्द्रको, पार्टि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे बैठकलाई जानकारी गराएका थिए ।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ‘आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनबारे भएको प्रगतिबारे जानकारी गराउनु भयो । हिजो राष्ट्रपतिज्यूसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।’ पोलिट्ब्यूरोको बैठक बुधबार फेरि बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *