माओवादी केन्द्रको गाडिमा आगजनी

परासी ९ असार- नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा अागजनी भएको छ । नवलपरासी सुनवलको निर्वाचन प्रचारमा प्रयोग भएको गाडीमा विहीबार राति अज्ञात समुहले आगजनी गरेको हो ।

राती १० बजेसम्म निर्वाचनको प्रचार प्रसार गरी फर्केको गाडीमा राती नै अज्ञात समूहले आगजनी गरेको हो । घरको अगाडि रोकेर राखेको लु १ ज १८१६ नम्बरको जिप अागजनीबाट ध्वस्त भएको छ । आगजनीमा संलग्नको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय सुनवलबताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *