माओवादी केन्द्रको तर्फबाट समानुपातिक सम्भावित सांसदहरु

काठमाडौं ८ पुस- निर्वाचन अायोगले प्रदेश सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरे संगै माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको मोटामोटी खाका तयार गरेको छ । स्रोतका अनुसार तयार गरेको खाकामा थोरै तलमाथि भएपनि करिब करिब अन्तिम रुप दिएको छ ।

सत्ताको लागि जतापनि जान सक्ने कुशल खेलाडीको रुपमा लिइएका प्रेमबहादुर सिंह पहिलो नम्बरमा छन् । उनी पिछडिएको क्षेत्रबाट सिंहको नाम परेको छ । चुनावमा गएपछि पत्तासाप हुने थाहा नै पाएर माकेतिर लागेका सिंहले पिछडिएको क्षेत्रको मुक्ति र अधिकारको लागि रगत पसिना बगाएका माओवादी नेताहरुलाई पछी पारेका छन् ।

माओवादी केन्द्रले तयार गरेको खाका यस्तो छ । पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह दलित महिलाबाट अञ्जना विसंखे, दुर्गा विक थारु महिला रामकुमारी चौधरी खस आर्य महिला रेखा शर्मा,पूर्णाकुमारी सुवेदी,धर्मशिला चापागाई,सत्य पहाडी र सिता पोखरेलको नाम सूचीमा छ ।

त्यसैगरी आदीवासी जनजाति महिला जयपुरी घर्ती,शशी श्रेष्ठ,ओनसरी घर्तीमगर,यशोदा गुरुङ्ग सुवेदी र अमृता थापा मधेसी महिला ईन्दु शर्मा र बोधमाया यादव र खस आर्य पुरुषको कोटाबाट हितराज पाण्डेलाई सांसद बनाउने तयारी माओवादी केन्द्र स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *