माओवादी केन्द्रको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा

पौष १३ काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी केन्द्रको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ ।

बुधबार बसेको माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । बैठकले राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय प्रक्रियाका माध्यमद्धारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *