माके मन्त्रीहरुलाई ४८ घण्टा भित्र आफै मन्त्री पदबाट हट्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई आफै ४८ घण्टा भित्र हट्न समय सीमा नै तोकेका छन् । माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बोलाएर सरकारबाट हट्न प्रधानमन्त्रीले दवाव दिएका हुन् । तोकिएको समयभित्र पनि नहटे विना विभागीय बनाई दिने चेतावनी समेत प्रधानमन्त्री देउवाले दिएका छन् ।

“अबको दुई दिनमा माओवादी मन्त्रीहरुले मन्त्रालय नछोडे प्रधानमन्त्रीज्यूले कार्यविभाजन गर्नुहुन्छ,नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिएर माओवादी मन्त्रीहरुलाई विना विभागमा राख्नुहुन्छ” प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । राजनीतिक गर्ने व्यक्तिलाई किन डिर्मोलाइज गर्ने भनेर नै प्रधानमन्त्रीले समय सीमा तोकेको स्रोतको भनाई छ ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको भेटवार्तामा पनि प्रधानमन्त्री देउवाले सरकारबाट हट्न आग्रह गरेका थिए तर प्रचण्डले समर्थन फिर्ता पनि नलिने र सरकारबाट पनि नहट्ने पार्टीले निर्णय गरेको जानकारी गराएका थिए ।

निर्वाचन आचारसंहिता विपरित नयाँ मन्त्रीहरु नियुक्तले राष्ट्रपतिले शपथ नखुवाउन माओवादी केन्द्रले दवाव दिँदै आएको थियो । तर, निर्वाचन आयोगले नै सरकार विस्तारले प्रतिकुल असर नपर्ने भनेपछि राष्ट्रपति शपथ खुवाउन बाध्य भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *