माघ २७ देखि उदयपुर गोल्डकपको चौथो संस्करणमा

माघ २२ उदयपुर,चौथो उदयपुर गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक समितिले शनिबार थारुहट उदयपुर रंगशाला गाईघाटमा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । माघ २७ देखि हुने उदयपुर गोल्डकपको चौथो संस्करणमा आठ टिम सहभागी हुने मुल आयोजक समितिकाले जानकारी दिए ।

संकटा क्लब काठमाडौ, धरान फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरीको एपिएफ क्लब, मोरङ ११, हिमालयन शेर्पा क्लब, झापा फुटबल क्लब, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने छन् ।udayapur goald cup

फागुन पाँच गते सकिने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र तथा उपविजेताले एकलाख, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । २०६८ सालमा सुरु भएको उदयपुर गोल्डकप यस बर्ष आफ्नै थारुहट उदयपुर रंगशालामा हुने छ । रंगशालामा ४ वटा आधुनिक प्याराफिट निर्माण गरिएको छ ।

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ संघ उदयपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *