माछापोखरीमा करेन्ट लागेर ब्रोड लिंकका एक कर्मचारीको मृत्यु

पौष २१ काठमाडौ,काठमाडौको माछापोखरीमा करेन्ट लागेर ब्रोड लिंकका एक कर्मचारीको मृत्यु भएको छ । काभ्रे ठूलोपर्सेल गाविस ३ का समीर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।

उनी इन्टरनेट सेवा प्रदायक कम्पनि ब्रोड लिंकका कर्मचारी हुन् । बुधबार साँझ करिब सात बजेतिर फाइबर तार बिस्तार गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

बिजुलीको पोलमा करेन्ट लिक भएकोले फाइबर तार जोड्ने क्रममा करेन्ट मोक्तानको मृत्यु भएको थियो ।अहिले मोक्तानको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सडक किनारमा गाडिएका बिजुली र टेलिफोनका पोलहरुलाई इन्टरनेट र केबुल टेलिभिजन कम्पनिहरुले पनि प्रयोग गर्दै आएका छन् । त्यसबाफत् उनीहरुले निश्चित शुल्क तिर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *