माधव नेपालको गाडी तोडफोड

काठमाडौं ८ साउन- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । माधवकुमार नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन रामेछापको सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका बेला नेपालले प्रयोग गरेको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो ।

राती पार्किङ्ग गरेर राखिएको गाडी विहान तोडफोड भएको भेटिएको थियो । नेता नेपालले एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा प्रयोग गरेका थिए ।

तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *