मालबाहक सवारी साधनलाई धनकुटा बजार प्रवेशमा रोक

धनकुटा ३० भदौ- ठुला मालबाहक सवारी साधनलाई धनकुटा बजार प्रवेशमा रोक लगाइएको छ । धनकुटा बजार व्यवस्थापन समिति र सुरक्षा निकाय बीचको छलफलपछि चाडपर्व नजिकिदै गएपछि,ठूला मालबाहक सवारीलाई बजार प्रवेशमा रोक लगाइएको हो । बिहान ९ बजेदेखि १०.३० बजे र साँझ ३ बजेदेखी ४.३० बजेसम्म ठूला सवारीलाई प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएको छ ।

धनकुटा बजारमा चार चक्के गाडी र मोटरसाइकलको जथाभावी पार्किङलाई समेत रोक्ने निर्णय गरिएको उनले बताए । बजारको मदनचौक, अस्पताल अगाडी, चुवाको बोट र प्रहरी कार्यालय अगाडी मोटरसाइकल पार्किङस्थल तोकिएको छ । चार चक्के गाडीलाई प्रहरी कार्यालय नजिकै कारागारको जग्गा पार्किङस्थलमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *