मित्र सेन दाहालको ठाउँमा लिला बल्वभलाई टिकट नदिए विद्रोह गर्ने ओखलढुङ्गा कांग्रेस पौडेल समूहको चेतावनी

काठमाडौ ३ कातिक – नेपाली कांग्रेस ओखलढुङ्गा प्रदेश सभा अन्तर्गत ‘क’मा. लिला बल्वभ दाहाल (काका) को ठाउँमा मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुङ्गा पौडेल समूहले असन्तुष्टि पोखेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि यसअिघ नै उम्मेद्धवार बनाईएको भनेर काठमाडौं बोलाईएका उम्मेवद्धवारका प्रत्यासी दाहाल (काका) ले उक्त निर्णय तत्काल नसच्याए पार्टी भित्रै विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

पार्टी निर्णयको विरुद्धमा शुक्रबार साँझ रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्व नै पैसाको चलखेलमा लागेकोले आफूजस्तो लगनशील, योग्य र पार्टीमा लामो समयदेखि योगदान गरेको उम्मेद्धवारलाई पाखा लगाएर टिकट असक्षम व्यक्तिलाई बेचिएको आरोप लगाएकाहुन् ।

उनले भने,‘अघि साँझ चार बजे सम्म मलाई नै टिकट दिने तयारी थियो, हामी तीनै जना रामहरि खतिवडा, प्रदिप सुुनुवार र म आँफै टिकट लिन बालुवाटार पुगेका थियौं, झण्डै ४ घण्टा म बालुवाटारमा बसें तर एकाएक मेरो ठाउँमा मित्रसेन जो समाज सेवाको नाममा २० करोडको आश्रम त्यो पनि ओखलढुङ्गा जिल्ला भित्रै नभएर काठमाडौंको आसपासमा बनाएकोले उनी टुरिष्ट उम्मेद्धवार हुन्।’

२ दिनअघि मात्रै पनि उनले आफू फोहोरी खेलबाट बाहिरिएकोले अब आश्रममै पूर्ण रुपमा व्यस्तहुने धारणा सार्वजनिक रुपमा पोष्ट गरेका मित्रसेनलाई टिकट दिनु भनेको पैसाको चलखेल नै भएको उनको आरोप थियो ।

आफ्नो आक्रोश पोख्दै दाहालले भने,‘रामचन्द्र पौडेल दाइले हिजो मात्रै मलाई फोन गरेर ठूलो लडाईं लडेर तपाईंलाई टिकट दिन सफल भइयो भन्नु भएको थियो ।’दाहालले थपे,‘रामचन्द्र दाइले मुख्य सचिवलाई भेटेर टिकट लिन पनि भन्नुभयो । मैले आज बिहान मुख्य सचिवलाई फोन गरें । उहाँले मलाई ११ः४५ बजेतिर बालुवाटार आउन भन्नुभयो । मलाई चार बजेसम्म बालुवाटारमा कुराइयो । तर, एकाएक खरिद बिक्रीभएर अर्को अमूक व्यक्तिलाई टिकट दिने काम भएको छ ।’
एमालेका उम्मेद्धवार अमिरबाबु गुरुङलाई चुनाव जिताउने चलखेलमा रामहरि खतिवडा र प्रदिप सुनुवार दुवै लागेको उनको आरोप थियो ।

कार्यक्रममा महा-समिति सदस्यहरु कुमार लुईटेल, कमल तामाङ्, महाधिवेशन प्रतिनिधिहरु रामजी बास्तोला, तरुण दल ओखलढुङ्गाका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र रुम्दाली, पूर्व उपसभापति सिताराम श्रेष्ठ, जनजाति संघका जिल्ला अध्यक्ष लेखबहादुर राई, र जिल्ला सदस्य अजय लुईटेलले उक्त टिकट वितरण प्रति असहमति रहेको जनाउँदै तत्काल निर्णय नसच्याए तत्काल विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् । त्यस्तै टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनामादिएका छन ।

पत्रकार सम्मेलनमार्फत नै उनीहरुले सामुहिक राजिनामा गरेकाहुन । विहिबार साँझ टिकट फाइनल गरी शुक्रबार टिकट दिने बेलामा फरक नाम आएपछि टिकट वितरणमा व्यापक पैसाको चलखेल भएको नेताहरुको आरोप छ ।

ओखलढुङ्गाका लागि कांग्रेसले केन्द्रमा रामहरी खतिवडा प्रदेश क मा लिला बल्लव दाहाल र प्रदेश ख मा प्रदीपकुमार सुनुवारलाई फाइनल गरी शुक्रबार ११ बजे टिकट लिनका लागि बोलाइए पनि प्रदेश क बाट लिला बल्लव दाहालको नाम काटेर मित्र सेन दाहाललाई टिकट वितरण गरिएपछि विवाद सुरु भएको हो ।

युवा पुस्ताका ढुकढुकी बनेका लिला दाहालको टिकट खोसिएपछि ओखलढुङ्गाका युवाहरु आक्रोशित भएका छन् । त्यसैगरी प्रदेश “ख” मा प्रदीप सुनुवारलाई टिकट दिएपछि प्रदेश “ख” का अन्य नेताहरुले समेत असन्तुष्ट जनाएका छन् ।

नियम विपरित पार्टीले टिकट वितरण गरेपछि युवाहरुमा अव विद्रोह गर्ने संकेत देखिएको छ । अधिकांश युवाहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत विद्रोहका लागि क्याम्पिएन नै सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *