मिना राईको “डाको छोडि रुन मन लाग्छ” बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौ – गायिका मिना राईको स्वरमा रहेको “डाको छोडि रुन मन लाग्छ” बोलको गीत सार्वजानिक भएको छ । पदम खालिङ्ग राईको शब्द संगीतमा गायिका मिना राईले बजारमा ल्याएकी हुन् । “स्कुले जीवन” “तिमी आयौं जिन्दगीमा” “भन्छन् सबले” “चौतारीको वर ढल्यो” “यो दाजुको” र “आउँ बस” जस्ता गीतहरु बजारमा ल्याई सकेकी गायिका मिना राईले सांगीतिक छोटो यात्रामै स्रोताहरुको मन जित्न सफल भईसकेकी छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । मणि कुमार राईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अनिश श्रेष्ठले सम्पादन गरेका छन् । रेविका राईको कोरियोग्राफ र चक्र पुलामीको निर्देशनमा दिपेश राई, जानुका नेपाल,कृष्टि केसी र लक्ष्मी भण्डारीले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *