मिसाइल परीक्षण गर्दा उत्तर कोरियामा ५.३ रेक्टर स्केलको भूकम्प

korea-missile-1भदौ २४, काठमाडौं । उत्तर कोरियामा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

दक्षिण कोरिया सरकारले उत्तरले परमाणु परीक्षण गरेका कारण भूकम्पको धक्का आएको दाबी गरेको छ ।

अमेरिकी भौगर्भिक सर्बेका अनुसार भूकम्पको झट्का जमिनको माथिल्लो सतहमा महसुस गरिएको थियो । जबकि प्राकृतिक भूकम्प जमिनको तल्लो भागमा जाने गर्दछ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सी यस विषय बारे अध्ययन गर्न आकस्मिक बैठकमा बसेका छन् ।

यो संभावित परमाणु परीक्षण १९४८मा उत्तर कोरिया गठन गरिएको वर्षगाठको अवसरमा भएको हो ।

जापानका प्रधानमनत्री शिन्जो आवेले उत्तर कोरिया कुनै परीक्षण गर्छ भने त्यसलाई सहन नसकिने बताएका छन् ।  अमेरिकाले पनि उत्तरको गतिविधिको अध्ययन गरिरहेको जनाएको छ ।

जनवरीमा चौथो परमाणु परीक्षणपछि उत्तर कोरिया विरुद्ध आर्थिक तथा अन्य प्रतिवन्धलाई कडाइ गरिएको छ ।
तर अमेरिका र चीनबीच बढ्दो तनावका कारण उत्तर कोरिया विरुद्ध कुनै साझा कार्यक्रम ल्याउन समस्या परिरहेको बीबीसीले जनाएको छ ।

चीन उत्तर कोरियाको सवैभन्दा नजिकको देश हो । तर, उसले परमाणु कार्यक्रम विरोध गरेको छ । विरोधका बाबजुद चीनले उत्तर बिरुद्ध कुनै कदम उठाउन चाहदैन जसले दुई देशबीच समस्या उत्पन्न हुनेछ ।

korea-missile korea nurth-korea-missile

Leave a Reply

Your email address will not be published. Required fields are marked *