मिस हेरिटेज कुईन नेपाल २०१७ का ताज रुपा लामालाई

अजय लामा / काठमाडौ ९ भदौ- मिस हेरिटेज कुईन नेपाल २०१७ को उपाधि रुपा लामाले जितेकी छन् । कला संस्कृति एवं सम्पदाको प्रबर्द्धन गर्ने उद्धेश्यले नेपालमै पहिलो पटक यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज कुईन नेपाल २०१७ का ताज हात पार्न सफल रुपा लामा मकवानपुरकी हुन् । बुधबार दिउसो काठमाडौंको जमल राष्ट्रियनाच घरमा सम्पन्न ग्रेण्ड फिनालीमा १५ प्रतिस्पर्धीलार्इ पछि पार्दै रुपाले उपाधि जितेकी हुन् ।

त्यसैगरी बाँकी १४ जना प्रतियोगी मध्य झापाकी बन्दना लामा मोक्तान फर्स्ट रन्नर अप, काभ्रेकी सरिता लामा दोङ सेकेन्ड रनर अप र काभ्रेकै संगीता लामा थर्ड रनर अप भएकी छन् |

मिस हेरिटज कुईनका अध्यक्ष रवि लामा र संयोजक बिनोद कुमार लामा लगायत यूथ क्रिएसन आयोजकटिम बाट सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु बुद्ध लामा घिसिङ, गायिका सरस्वती लामा, राधा थोक्रा, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया (भुनिया) लगायत रहेका थिए ।

कार्यक्रमलाई संचारकर्मी बनु लोप्चनले संचालन गरेका थिए । हट डान्स देखी लियर विभिन्न नाचगान जस्ता मनोरन्जानात्मक कलाहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको कोरियोग्रफर रोजिन शाक्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *