मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

माघ १४ काठमाडौ,नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी मिरा राई कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेपछि मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *