मेनुका राईको साकेला गीत सार्वजनिक

फागुन १७ काठमाडौ, गायिका मेनुका राईको बान्तावा भाषामा “साकेला” गीत सार्वजनिक भएको छ । करिब डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिकाले करिब तिन सय गीतमा स्वर दिइसकेकी छिन् ।

उनले २०५६ सालमा रेडीयो नेपालमा “मौरी घुम्छ फुलको बोटैमा, कान्छा घुम्न जाउन नगरकोटैमा‘ भन्ने गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

मेनुका राईको आज सम्म तिन वटा एल्बमहरु बजारमा आईसकेको छ भने अब चौथो एल्बम बजारमा ल्याउने तयारीमा रहेकी छिन् ।

पछिल्लो समयमा नयाँ शैलीका गीत गाउन रुचाउने गायिका मेनुकाले नयाँ साकेला गीत सार्वजनिक गरेकी हुन् । उक्त साकेला गीतमा जनम राईको लय तथा शब्द संकलन रहेको छ भने,कृष्णभक्त राईले संगीत संयोजन गरेका छन् ।

साकेला गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *