मेलम्ची खानेपानी पाईप राख्दा चरम लापार्वाही, गायिका राधा राईको घर भित्र पानीको ताल

काठमाडौ, १३ असार- काठमाडौ उपत्यकामा मेलम्ची खानेपानीको पाईप राख्दा अवैज्ञानिक र चरम लापरबाही देखिएको छ । तिन दशक अगाडी देखि सुरुवात भएको मेलम्ची खानेपानी आयोजना यो बर्ष पुरागर्ने भन्दै उपत्यकाको सडकहरु जताततै भत्काउदा ढल निकासाको बाटो छेकिएर जताततै पानि र हिलो जम्नुको साथै सर्वसाधरणको घरमा समेत पस्ने गरेको छ ।

खानेपानीको पाईप राख्दा खेरी, वैज्ञानिक ढंगले पिच गरिएको सडकलाई सकेसम्म असर नपर्ने गरी र त्यो पाईप संगै बिजुली, टेलिफोन, वाईफाई र केवलका ताराहरु पनि अण्डर ग्राउण्ड गराएको भए साच्चै राम्रो हुने थियो ।

खानेपानीको पाईप राख्दा ढल निकासाको बाटो बन्द भए पछि गायिका राधा राईको घरमा बर्षामा आकाश बाट परेको पानी बगेको ढल घर भित्रै पस्ने गरेको छ । खुमलटार ललितपुरमा रहेको गायिका राधा राईको घरमा खानेपानीको पाईप राख्दा सडक र ढल भत्किएपछि ढलको पानी घर भित्र पसेको हो ।

घरभित्र ढल पसेपछिको फोटो फिचर

suchana khabar 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *