मेलिना राई र सिडि विजय अधिकारीलाई डिआर अटुले तिमी मेरो म तिम्रो हरेक जुनी जुनी भरि भन्न लगाए (भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ २९ बैशाख, चर्चित संगीतकार डिआर अटुले एकपछि अर्को हीट गीतहरु स्रोता सामु ल्याईरहेकै बेला दिपा राई पुनको शब्द रचनामा  “तिमी मेरो म तिम्रो” बोलको गीत बजारमा ल्याएका छन् ।

पछिल्लो समयमा संगीतकार डिआर अटु निक्कै ब्यस्त संगीतकार हुन् भने, दिपा राई पुन अमेरीकामा रहेर साहित्य सृजना गर्ने राम्रा साहित्यकार हुन् । संगीतकार अटुलाई अन्तराष्ट्रिय साहित्य समाजले अनेसास कोरीया संगीत सम्मानद्वारा भर्खरै सम्मान गरेको थियो । चर्चित गायिका मेलिना राई र सिडि विजय अधिकारीको स्वर रहेको उक्त गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । बिपिन खालिङ्ग राई र दीक्षा लिम्बुले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई प्रेमकुमार जिमीले छायांकन र प्रेम जिमीले निर्देशन गरेका हुन् गरेका हुन् ।

“तिमी मेरो म तिम्रो” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *