मोडल खुश्बु चेम्जोङ्ग हट अवतारमा

सरोज/ पौष १५- दक्षिण कोरिया- मोडल खुश्बु चेम्जोङ डेब्यु म्युजिक भिडियो मै हट अवतारमा देखिएकी छन् ।फाल्गुनन्द गाउँ पालिका-५ (साबिक फाक्तेप-५) पाँचथरमा जन्मेकी सानै उमेर देखि नृत्य अभिनयमा रुचि राख्ने उनी अन्तमा ग्लामर छेत्रमा जम्न सघर्ष गरि रहेकी छन् ।

पाँच फिट तीन इच उचाई र आकर्षक शरिरका कारण सबैको नजरमा पर्ने निकै सुन्दरी मोडल खुश्बु चेम्जोङ्ग आनन्द सुब्बाको शब्द स्वरमा सजिएको “तिमिलाई भुल्दिन म” बोलारहेको गीतको म्युजिक भिडियोमा देखिएकी हुन् । सुन्दरी मोडल खुश्बु चेम्जोङ्गको जोडिका रुपमा आयुश गुरुङले म्युजिक भिडियोमा साथ दिएका छन् ।

सुन्दर लावतिको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियो छायांकन अर्जुन सापकोटाले गरेका हुन् भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् । देबेन्द्र नेवाको एरेन्ज रहेको आनन्द सुब्बाको एल्बम “तिमिलाई” मा समाबेश गरिएको छ । उक्त गीतमा मनिपाल राईको सुमधुर संगीत रहेको छ।

भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *