मोफसलका पाँच सहरमा नेपाल एजुकेशन फेयर २०१७ हुने

काठमाडौं, १८ असार- आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला हुने भएको छ ।  विजनेश प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिनज र मक्ति दर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, विरगंज, धनगढी र नेपालगंजमा हुने छ ।

आयोजकले आइतवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाबारे जानकारी दिएको हो । पछिल्लो समय विभिन्न संघ संस्थाले शैक्षिक मेला गर्ने गरेको भए पनि सबै मेला राजधानी केन्द्रित भएकाले मोफसलमा मेला गर्न लागिएको आयोजकले बताएका छन् ।

मेलाबारे जानकारी दिदै विजनेश प्लस टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत डम्बर साहुले मुलक संघियतामा गइसकेको अवस्थामा शैक्षिक कार्यक्रम र गतिविधिलाई पनि राजधानी केन्द्रित गर्न नहुने बताए ।

उनले भने,“शैक्षिक मेलाको आयोजना गरेर उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई क्षेत्रिय स्तरमा चलेका शिक्षण संस्था र तिनले दिने शिक्षाको बारेमा जानकारी दिनु आवश्यक छ ।”

मेलामा सहभागि हुन चाहने विद्यार्थीले प्रवेशका लागि कुनै शुल्क तिर्नु पर्दैन । मेलामा उच्च शिक्षा नीति बहस कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएको छ ।

आगामी असार २३ र २४ गते विराटनगरको होटल एसियाटिक, असार २७ र २८ गते विरगंजको जैन धर्मशाला, असार ३१ र साउन १ गते धनगढीको ओम पार्टी प्यालेस र साउत ४ र ५ गते नेपालगंजको सिद्धार्थ कटेजमा मेला सम्पन्न गरिने छ । हरेक मेला स्थलमा विभिन्न कलेज तथा विश्वविद्यालयको करिब ४५ वटा  शिक्षण संस्थाको सभागिता रहने छ ।
मेलामा करिब १५ हजार विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।

बरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पनि मेला आयोजना गर्नु अत्यन्तै खुशीको कुरा भएको बताए । उनले मुलुक संघीयतामा गैसकेकोले शैक्षिक कार्यक्रमहरुलाई पनि विकेन्द्रिकरण गरेर ग्रामिण ठाउँहरुमा समेत पुर्याउुपर्ने बताए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले यस्तो खाले कार्यक्रम अति आवश्यक रहेको बताए । उनले मुलुकको विकास र समृद्धिको लागि कुटनीति, राजनीति, शिक्षा नीति, स्वास्थ्य नीति बलियो हुनुपर्ने बताउँदै यस्तो खाले शैक्षिक मेलाहरु फलदायी हुने समेत बताए ।

उनले भने,‘शैक्षिक मेलाले शिक्षा नीतिमा आमुल परिवर्तन ल्याउन सक्छ’, दुर्गममा पनि गुणस्तरीय शिक्षा पुर्याउन शैक्षिक मेलाले ठूलो योगदान पुर्याउँछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *