मोरंगबाट दर्जन बढी केन्द्रिय नेताहरुले मतदान गर्ने

मोरंग,१२ असार- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा मोरंग जिल्ला बाट दर्जन बढी केन्द्रिय नेताहरुले मतदान गर्दै छन् । मोरंग जिल्लाबाट मतदान गर्ने नेताहरुमा कांग्रेका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. डिला सङ्गौला, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा (माओवादी केन्द्र) का पूर्व सचिव तथा पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मोरङका विभिन्न ठाउँबाट मतदान गर्नेछन्।

यसैगरी, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोपी अछामी, पोलिटब्युरो सदस्य हेम कार्की, कुशल लिम्बू, शिवकुमार मण्डल, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, डा. शिवमाया तुमबाहाम्फे, एमाले केन्द्रीय सदस्य गुरु बराल, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार टङ्क गिरिलगायतले पनि यहाँबाट मतदान गर्नेछन्।

सुजाता कोइरालाले आदर्श स्कुलको मतदान केन्द्र र डा मीनेन्द्र रिजालले पोखरीया स्कुल मतदान केन्द्रबाट मतदान गर्ने छन्। कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मत खसाल्ने छन्।

माओवादी केन्द्रका पूर्वसचिव गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रबाट मत खसाल्ने छन्। उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्ने छन् ।

डा. डिला सङ्ग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चलल इन्चार्ज जीवन घिमिरे तीनटोलीया, गुरु बरालले महेन्द्र मोरङ क्याम्पस र डा शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *