मोरंग पथरीका सुवास राई मलेशियामा सुतेको सुतेकै

malaysia-in-nepali

फोटोमा मृतक सुवास राई

अर्जुन काफ्ले, भदौ २३-मलेसिया । रोजगारीका क्रममा मलेसियामा रहेका मोरङ्ग पथरी शनिश्चरेका सुवास राईको सुतेकै अवस्थामा  भदौ २३ गते मृत्यु भएको छ ।

मलेसियाको केपुङ्ग मा रहेको जेटफि कम्पनीमा कार्यरत रहेका उनको सुतेकै अवस्थामा मृत्यु भएको नेपाली जनप्रगतीशील मञ्च मलेसियाका महासचिव दिप लिम्वुले जानकारी दिए ।

लिम्वुका अनुसार राती सुतेका राई विहान नउठेपछि उठाउन खोज्दा साथीहरुले उनलाइ मृत अवस्थामा भेटेका थिए । मृतक राईको शव अहिले क्वालालम्पुर स्थीत फ्रोर्सी अस्पतालमा राखीएको छ ।

उनको शव नेपाल पठाउन कम्पनीले आवस्यक प्रक्रिया सुरु गरेको छ । राई २ वर्ष देखी मलेसियाको सो कम्पनीमा कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *