म बप्तिस लिएर क्रिश्चियन भएको छुइन : प्रमिला राई (नेपाल आईडलका प्रतिस्पर्धी)

ईन्द्र जिजीबिषा-काठमाडौ, १८ साउन- नेपालमा भईरहेको रियालिटी सो पहिलो नेपाल आईडलमा हजारौ प्रतिस्पर्धिहरुलाई पछि पार्दै शिर्ष ८ स्थानमा पुग्न सफल भएकी गायिका हुन् प्रमिला राई । नेपालमा हुने प्रायजसो प्रतियोगिताहरु विवादरहित भने हुन सकेको छैन ।

यसैलाई निरन्तरता दिदै नेपाल आईडल भित्र पनि केहि साना-ठूला विवादहरु सामाजिक संजालमा देखिदै आई रहेको नै छ । केहि दिन अगाडी देखि, नेपाल आईडलको शिर्ष ८ स्थानमा पुग्न सफल गायिका प्रमिला राईको बारेमा पनि सामाजिक संजालमा विवादहरु आई रहेका छन् । क्रिश्चियन धर्म मान्छिन् प्रमिला राईले भन्ने विवाद सामाजिक संजालमा आएसंगै हामीले यसको वास्तविक तथ्य बुझ्न गायिका प्रमिला राई संग सम्पर्क गरेका थियौ ।

पुर्ख्यौली थलो पाँचथर रहेको, गायिका प्रमिला राईको घरमा दुई दाजु, ३ दिदी-बहिनि र आमा छन् । प्रमिलाको बाबा पहिले नै स्वर्गवास भईसक्नु भएको हो । तिन दिदी-बहिनी मध्यको प्रमिला माहिली छोरी हुन् । अहिले काठमाडौमा बस्दै आएकी प्रमिला सानै देखि गीत गाउन रुचाउने गर्थिन् ।

हामीले सामाजिक संजालमा उठेको विवादबारेमा प्रमिला संग जिज्ञासा राख्दा, “मेरो दुई दाजु-भाई मध्यको एकजना दाजु ,दिदी र आमा क्रिश्चियन हुनुहुन्छ । दिदीको विवाह भईसकेको छ । म सबै धर्म संस्कारलाई सम्मान गर्छु । हरेक मान्छेको आ-आफ्नै धर्म संस्कार प्रति विस्वास र आस्था हुन्छ । म कसैको विश्वास र आस्थामाथि लाञ्छना र खोट लगाउदिन । म किराती चेली हुँ, तर म सबै समुदायलाई उतिकै सम्मान र आदर गर्छु, आफ्नो समुदायको निम्ती त मैले सकेजति गर्ने नै छु । अपवादको रुपमा मेरो आमा क्रिश्चियन भएको नाताले चाडपर्व विशेषमा चर्च गएँ हुँला, तर मैले क्रिश्चियन धर्मावलम्वी रिती अनुसार बप्तिस लिएर नै क्रिश्चियन भएकी छैन ।

यहाँ म के भन्न चाहन्छु भने, म जुन समुदायमा जन्मिए हुर्किए, मलाई त्यो संस्कार संस्कृती, आफ्नो आमा जतिकै प्यारो लाग्छ । केहि किराती दाजु-भाईहरुले मलाई क्रिश्चियन हुन् भन्नु भएको छ भन्ने मैले सुनेको छु । त्यो गलत हो । मेरो आफ्नो दाजुको भाउजु संग विवाह पनि किरात राई धर्म संस्कार अनुसार नै भएको थियो । यहाँ जात र धर्म भन्दा पनि कलालाई सम्मान गरि दिनुहोस भन्न चाहन्छु । मैले जित्दा मेरो समुदायले जित्ने हो, मेरो समुदायले जित्दा सारा नेपालीले जित्ने हो । आज सम्म तपाईहरुको माया र सहयोगले गर्दा, तपाईले दिएको अमुल्य भोटले गर्दा यहाँ सम्म आई पुगेको छु । अझ मलाई तपाईहरुको माया र साथको खाँचो छ । तपाईहरुको माया र सहयोगले गर्दा म सफल हुन सक्ने छु । विगतमा अरुहरुले के के गरे ? त्यो म जान्दिन, तर मलाई माया गरेर भोट दिनु भयो भने, म यो समाजको निम्ति, मेरो आफ्नो क्षेत्र बाट मैले सके सम्म सहयोग गर्ने नै छु ।

पहिचानमा आधारित केहि साहित्य र संगीत भएपनि, समग्र कलाको कुनै सिमा हुदैन, कलाको कुनै जात र धर्म हुदैन । पश्चिमी बब मार्लीको गीतमा पनि उतिकै रमाउन सकिन्छ, लता मंगेश्करको गीतमा पनि त्यतिकै रमाउन सकिन्छ भने इस्लामिक गायिका सिती नुरहालिजाको गीत सुनेर पनि उतिकै रमाउन सकिन्छ । यहाँ मैले भन्न खोजेको कुरा, म किराती राईको छोरी हुँ म किराती हुनुमा गर्व छ । तर म सम्पूर्ण नेपालीहरुलाई आफ्नै ठान्दछु, सबै प्रति मेरी उत्तिकै सद्भाव छ । ” भनेकी छिन् ।

उनले आफुलाई भोट गर्नको निम्ती मोबाईलको मेसेज बक्समा गएर ०९ लेखि ३५२२५ मा सेन्ड गरेर भोट गर्न अनुरोध पनि गरेकी छन् । भोट विहिवार राती ८:४५ देखि सुक्रवार बिहान १२ बजे सम्म गर्न सकिने छ ।

23 thoughts on “म बप्तिस लिएर क्रिश्चियन भएको छुइन : प्रमिला राई (नेपाल आईडलका प्रतिस्पर्धी)

  1. राम्रो बिचार छ प्रमिला बैनी को यहाँ जोकोहिले जात भात र धर्म सस्कार को कुरा उठाउदै हुनुहुन्छ त्यो नितान्त गलत हो र कलाकारितामा कुनै जात धर्म भन्ने कुराई आउदैन तेसैले कला लाई सम्मान गरौ ।अरुको चरीत्र माथी अनेकन कुरा नौठाई दिनु होला धन्यवाद ।।।

  2. क्रिश्चियन हुनु नै खराब हो म भन्दिन, यो नितान्त व्यक्तिगत रुचीको कुरा हो तर क्रिश्चियन भएर किराँतीको पहिचान चै गुम्छ नै l सन्तोष पन्तको छोराले लिङ्ग परिवर्तन गरेर छोरी भै सक्यो l अब उ छोरा हैन नि l त्यसैले किराँती हुनु मै गर्व छ भने प्रमिला बैनीले बप्तिस्ट नगर्नु नै बेस l

  3. एउटा राई भाइको नाताले अहिले सम्म प्रमिला लाई निरन्तर भोट दिदै आएको।तर अहिले आएर धर्म स्वास्कारको कुरा कसले र कहाँ बाट आयो।कतै यो प्रमिला राई लाई हराउने षडयन्त्र रचेको त होइना ?? कि साच्चै प्रमिला क्रिश्चियन नै हो त ?? यदि हो या होइना भनेर तमाम किरातिहरुले प्रष्ट पारौ।

  4. एउटा राई भाइको नाताले अहिले सम्म प्रमिला लाई निरन्तर भोट दिदै आएको । तर अहिले आएर धर्म स्वास्कारको कुरा कसले र कहाँ बाट आयो।कतै यो प्रमिला राई लाई हराउने षडयन्त्र रचेको त होइना ?? कि साच्चै प्रमिला क्रिश्चियन नै हो त ?? यदि हो या होइना भनेर तमाम किरातिहरुले प्रष्ट पारौ।

  5. सबैले भोट नपाउदा यसै भन्छन र पाएर जित भए पछि मेरो कलाले म अहिले यो स्थानमा छु भन्छन । र किरातिको चेली भन्न सुहाउदैन रन लगाउदैमा।

  6. यॊ समाचार कॊले बनायॊ प्रमिला लाई हराउने सडयन्त्र हॊ..?

  7. भोट सबैले दिन्छ दिइपनी रखेका छौ तर हाम्रो भोट ले चरण हरु पार गरेर प्रभु ले बचायो भन्ने …..हाम्रो भोट को अपमान ….गजबको कुरो

  8. खरदार गरौ किनकी प्रमिला राइ किराती चेली लाइ नेपाल आइदल हुन नदिनका लागी नै होला एसरी धर्मको कुरा लाइ लिएर बिबाद मा पार्न खोजिएको हो । तेसैले हामी तमाम नेपालिले यो धर्म तो धर्म नभनिकन एउता नेपाली चेलिको प्रतिभालाइ सम्मान गर्दै भोट दिन तमाम नेपाली समुदायलाइ हार्दिक अपिल गर्दछु । जयनेपाल ।

  9. I liked her because she has the talent not her ethnicity or religion. All the best wishes for her coming up performance and also all the best wishes to other candidates. 🙂 🙂

  10. क्रिश्चियन हाे भने हाम्राे भाेट खेर जाला ! अघिल्लाे टप 9 एपिसाेडमा गल्ति गरेछु मैले । किनकि गएकाे २ साल अगाडि अञ्जु पन्तले हिन्दु गित गाउदिन भनेर प्रतिक्रिया जनाएकाे याद अायाे । के त्यसमा कलाकाे सम्मान नगरिएकाे त्यस्ताे भएकाे थियाे त? स्थान नपाएसम्म जयमातृभूमि, ठाउँ अाेगटेपछि ??????? हुन्छ । विचार गराै भाेट गगर्नलाई !! नत्र अाफ्नाे मातृभूमि रून्छ ।

  11. माथी के लेखिएको सबै पड्दैन कि केहो हो ?
    नभए किन अझै दुबिधा माथी प्रष्ट भनिएको छ त म किराँती हुं भनेर अब पनि अरु के चाहियो भन्या ? खुरु खुरु भोट दिउन !

  12. bastab ma sachha manab jatile hami manab hau vane ani eeijat samman chahanxau vane suruma sabailai samman eeijat garnuparxa ra afule pani painxa teseigari saccha dharmalambile kaile sabai dharma lai samman garxan tara sansar aile ayera hamima sikxya ra chetana ko kamile mero dharma thulo tero sano tyo ramro yo naramro kahaxa tesko praman ani nirnaya garne nirnayak j hos pramila aileko jamanama sabai charchit famaus huna matra chahanxan jo koi pani jani najani tha pai napai j hos yo bisayale pani charchako sikhar ma purau xa vane thikeixata ajhai agadibadhana tara dherei kura sochera bujhera adhyan garera vanne bolne gara timro charcha ajhai dherei hunexa anyatha afai patan vayera janexau kinaki yesto riyality so le sayou ma ek dui jana matra safal vako xa ra hunewala keipani xaina kinaki udhaunu vanda safe landing garaunuchai safal life jindagi ho ki yo vanda agadiko idol harule payo ra dipak le bahek harek barsa ekekjana idol nikalera uniharuko vanisya sunischit garnusakxata yasto so le never timrei prayas kosis mehanat chaixa nepal sab byaparikaran hunxa pramila g so sochera bujhera bolnus best of luk be sucess mahadeb krisnale bisnu le ko vaagawn ko asirnat lagos pravu ko asis lagos kiratesor ko pani sumnima paruhangkopani ani alalllaha ko pani ……..

  13. sacha dharmalambira manab jatile kailepani yo dharma ramro naramro vandaina ani afno dharamko samman afno samman chahane manxele arulaipani smamman garnu jannuparxa tara hamima sikxya ra chetanako kamile yo dharma tyo re ani sansar ma dharmako nam ma vidanta hatya hingsa hoit manab hoina uniharu beast hun ani parmila g aileko jamanama sabai jani najani famous huna chahanxan thikai xata yo kuraepani carchit banauxa vane ramro hota tara sochera bichar garera adhyan garera bolne gara natra afai patan hunexau ani kura rahyo reality so ko praya nepal ma byapari karan hunxanai khoi kaha kasko vabisya sunischit gareko xara yesto reality so le matra dekhoko dipak aru kata xan safal hunalaita timro self mehanat emandarita nai ho thulo kura ok best of luk ne succcess sibajile bramha bisnu le asirbat dios ani sumnima paruhang le kiratesor le pravule pani jisuus le pani ani allahale pani aru koi xutema maf pau

  14. नेपालमा हिन्दु अतिबादिको जस्तो अरु माथी थोपर्न पो पाइदैन, स्वैच्छिक रुपमा ब्यक्तिगत निजि अधिकारको प्रयोग गरेर जसले पनि जुनसुकै धर्म मान्न सक्दछ । नत्र के नेपाल आइडल हिन्दुहरुले मात्रै सहभागी हुने र जित्न पर्ने हो र ??

  15. Pramila Rai Christian hunu wa nahunu kasari bibadaspad kura bhayo? News lekhne manchhe biased bhayera news lekhnu bhayena. Kohi Buddhist wa Muslim huda tyo bibadaspad nahune tara kohi Christian huda kasari tyo bibadaspad bhayo? Ani Pramila Christian hos ya nahos kasailai k ke chaso. Usko singing sambandhi news banauna. Dharmako naam liyera judge nagara na manchhe harulai.

Leave a Reply to Rahul rai frm dharan Cancel reply

Your email address will not be published. Required fields are marked *