यस्तो बन्दै छ काठमाडौको नयाँ बसपार्क, दुई बर्ष भित्र अन्तराष्ट्रिय स्तरको

माघ २५ काठमाडौ

new-busparkअबको दुई वर्षभित्र नयाँ बसपार्क काठमाडौंको सुविधासम्पन्न बसपार्कका रुपमा यसरि परिणत हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कका रुपमा विकास गर्ने लक्ष्य महानगरपालिकाले लिएको प्रमुख तथा कार्यकारी रुद्रसिंह तामाङले बताए । २ वर्षअघि ३० वर्षका लागि नयाँ बसपार्क स्तरीकरण र सञ्चालनको जिम्मा लिएको लोत्सेले पनि त्यसैअनुरुप कामको थालनी गरेको छ ।

new-buspark-1झण्डै २६ करोड रुपैयाँको लागतका बनिरहेको यो मलभित्रै फिल्म हल, डिपार्टमेन्टल स्टोर, बैंक, फूड कोर्ट, पार्टी प्यालेस, रेष्टुरेन्ट, कफी सप लगायत थुप्रै सेवाहरु दिइनेछ ।

बसपार्कसँगै हेल्थ क्लिनिक पनि,सोलार बत्ती र ड्राइभरको लज,सफा र हरियाली बसपार्क,बसको नियमित परीक्षण,आरामसहित सुरक्षा,ई-टिकेटिङको योजना पनि हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *