यायोक्खा ललितपुरको २७औं स्थापना दिवस भब्य रूपमा सम्पन्न

kirat-rai-yayokhkhaजनक राई,भदौ २६ काठमाडौ । किरात राइ यायोक्खा ललितपुरले सस्थाको २७ औं स्थापना दिबस भदौ २५ गते ललितपुर स्थित तयामा, खियामा पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न गरेको छ ।

संघिय समाजबादी फोरमका बरिस्ठ नेता माननीय अशोककुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ललितपुर जिल्लाबासी समाजसेवी तथा उद्योगपति तेजबहादुर राइलाइ ” यायोक्खा ललितपुर सम्मान २०७२” द्वारा सम्मान गरेको थियो ।

प्रमुख अतिथीद्वारा, तीनचुलामा आगो बालेर उद्घाटन गरिएको स्थापना दिवसमा कार्यक्रमका बिशेष अतिथी यायोक्खाका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर राइ द्वारा विभिन्न ब्यक्तिलाइ यायोक्खाको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा किरात राइ संस्कृतिक कलाकार संघ ललितपुरद्वारा किराती गीत संगीत प्रस्तुत गरिएको थियो भने सुम्निमा कल्चर एकेडेमीको तर्फबाट नृत्य निर्देशिका निर्मला मगर र सपना तामाङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अशोक कुमार राइले भने अहिलेको बिभेदकारी संबिधानलाइ ९०% सभासदहरुले हस्ताक्षर गरेर संसारकै उत्कृष्ट संविधान जारी गरिएको भन्ने तर्कलाइ मान्न नसकिने बताउदै प्रश्न गरे के ९०% ले छोरा मान्छेलाई छोरी हो भन्दैमा छोरी हुन्छ ? त्यसैले यो बिभेदकारी संविधानलाइ नेपाली जनताले मान्न सक्दैनन् भन्दै संविधान शम्सोधनको लागि सत्ता साझेदार दल काङ्ग्रेस र माओवादी केन्द्र इमान्दार भएर लागे एमालेले सहमतिमा नआइ धरै नपाउने बताउदै काङ्ग्रेस र माओबादी केन्द्रको नियतको विश्वासनियता माथी संका गरे ।

राजनीति कुनै पद र प्रतिस्ठाको लागी नभइ समाज र देशको उन्नती गर्नको लागी हुनु पर्ने तर्क गरे । अशोक राइले एमाले छोडेर गल्ती गर्यो भन्ने भनाइप्रति प्रश्न गर्दै भने के अशोक राइ राष्ट्रपती, प्रधानमन्त्री , शभामुख वा मन्त्री हुदैमा सबै राइहरूको बिकास हुन्छ ? सबैले आधिकार पाउछन ? पाउदैनन , त्यसैले कुनै नेपाली जनता अधिकार बिमुख वा बिभेदमा पर्नु नपरोस् भनेर एमाले पार्टी परित्याग गरि समनताको राजनीति सुरू गरेको बताए ।

कार्यक्रमका बिशेष अतिथी यायोक्खाका केन्द्रीय उपाध्यक्ष ज्ञान चाम्लिङ राइले, स्थानिय निकायको पुन संरचना गर्नको लागी बनेको आयोगको काम कारबाही प्रती टिप्पणी गर्दै गाउँपालिकाको सिमाङकन गर्दा जातिय क्लस्टरलाइ खण्डित गर्न नहुने र नामाङकन गर्दा स्थानीय थातथलोको नामको आधारमा गर्नु पर्ने भनाइ राख्दै यायोक्खाको मातहत जिल्लाकार्य समितीको तर्फबाट सम्बन्धीत जिल्लामा छलफल चलाएर यायोक्खाको अवधारणा लागु गराउन केन्द्रीय पदाधिकारी सदस्यहरू गाउँ गाँउ जाने बताउदै सबैलाई सचेत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा कृषि विशेषज्ञ मदन राइ, समाजसेवी/पुर्व अध्यक्ष मनिकुमार राइ, यायोक्खा काठमाडौका अध्यक्ष दिलिप बान्तवा, सुम्निमा महिला संघका अध्यक्ष मन्जु सोताङले बोलेका थिए । समितिका अध्यक्ष ऋषिश्वर राइको अध्यक्षता र उपाध्यक्ष महेन्द्र बहादुर राइको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सन्चालन सचिब भुपेन्द्र पुमा राइले गरेका थिए ।kiraya

Leave a Reply

Your email address will not be published. Required fields are marked *