युएईका राजदूत सैद हाम्दन अल नक्वी र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता

कार्तिक ११ काठमाडौं, नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेट गरेका छन् ।भेटमा, सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्नु भएको छ ।

राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए। प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराउनु भएको थियो ।
भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *