युकेवासीको कोशेलीलाई बजारमा ल्याउदै छु: गायिका सरला राई

sarala rai 1२०५६ सालमा सगरमाथा युवा समाज दिक्तेल सोल्माले आयोजना गरेको दिक्तेल साँस्कृतिक महोत्सव २०५६ को चर्चा देश बिदेश सम्म चलेको थियो । राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको उपस्थितिमा सम्पन्न गरिएको कार्यक्रम आफैमा एउटा गौरवपुर्ण थियो । त्यही कलाकार मध्यकी एक थिइन् गायिका सरला राई । त्यतिबेला पुर्बेली लोक भाकाको गीत एनि हजुर,पारी सालघारी, मिनि बसमा चढेर जाउला बेलबारी भन्ने गीतले पुर्बमा धमका चलाइरहेको थियो । त्यो संयुक्त गीतको एक जना गायिका थिइन् सरला राई । त्यतिबेला सांगीतिक दुनियाँमा भर्खरै उकालो चढ्दै गरेकी गायिका सरला राई आज नेपाली सांगीतिक फाटमा छुट्याउनै नहुने नाम बनेको छ । खोटाङ जिल्लाको बुईपा वडा नम्बर ६ मा बाबु सिंगापुर लाहुरे भक्तबहादुर राई र आमा शिवशिला राईको कोखबाट जन्मिएकी सरला राई चार दिदीबहिनी मध्यकी माइली छोरी हुन् । सरला राईको भाइ पनि सिंगापुर लाहुरे हुन् भने दिदी रेखा राई क्षितिज पनि राम्रो साहित्यकार हुन् । बुईपा बाटै एसएलसी गरेर काठमाडौ आए पछि, उनको सांगीतिक यात्रा सुरुभयो । सानैदेखि गीत-संगीतमा रुचि भएपनि २०५३ सालमा रेडियो नेपालबाट पास गरिन् । त्यतिबेला गायक गायिका बन्नलाई रेडियो नेपालबाट स्वर परिक्षण पास गर्नै पर्थ्यो । हिजोआज जस्तो गायक गायिका बन्नलाई सजिलो थिएन । त्यसपछि पारस मुकारुङको संगीत र रमेश क्षितिजको शब्द रचनामा गौथलीको गुडै भत्क्यो कहाँ होला बाँस ? भन्ने बोलको गीत पहिलो पटक रेकर्ड गराइन् । त्यहाँबाट गायन यात्रा सुरु भएको सरला राईको सांगीतिक यात्रा आजसम्म आइपुग्दा ३०० वटा भन्दा बढी गीतहरुमा स्वर रेकर्ड गराइ सकेकी छिन् । हजुरलाई, युके कम्पनी र मोह एकल एल्बम बजारमा ल्याईसकेकी छिन् भने संयुक्तरूपमा दर्जनौ एल्बममा स्वर रेकर्ड गराइ सकेकी छिन् । भर्खरै, किराँत राई यायोख्खा वेलायत र किराँत साँस्कृतिक संघ वेलायतको निम्तोमा ५ महिने सांगीतिक यात्रा वेलायतमा सकेर नेपाल आईपुगेकी गायिका सरला राईले नयाँ एल्बमको लागि जुटेकी छिन् । यसै सन्दर्भमा रहेर सूचना खबरको लागि ईन्द्र जिजीबिषाले गरेको कुराकानी

भर्खरै युके को भ्रमण सकेर फर्किनु भयो, कस्तो रह्यो युके को भ्रमण ?
एकदमै राम्रो भयो । सोचे भन्दा राम्रो ।

त्यहाँ रहदाखेरी कतिवटा सांगीतिक कार्यक्रममा सहभागी हुनुभयो ?
म युकेमा, पाँच महिना बसे। मलाई युके लैजाने सँस्था किराँत राई यायोख्खा वेलायत र किराँत राई साँस्कृतिक संघ वेलायतले मलाई लगेको हो । मैले त्यहाँ संस्थागत चाही सातवटा कार्यक्रम गरे । अन्य धेरै संघ संस्थाहरुको निमंत्रनामा पनि कार्यक्रम गरेकी छु ।

त्यहाँको सांगीतिक अनुभुती चाहिँ कस्तो रह्यो ?
एकदमै नयाँ, एकदमै रमाईलो, किनभने,म विदेश धेरै नगए पनि ५,६ वटा देश पुगेको छुँ । त्यसमा वेलायतमा चाहिँ छुट्टै प्रकारको अनुभुती भयो ।

त्यहाँ ५ महिना रहनु भयो, ५ महिना रहदा, कुन-कुन ठाउँ घुम्नु भयो त ?
म ५ महिना युके बस्दा लण्डनको धेरै ठाउँ घुमे, त्यहाँको पर्यटकियस्थल, ऐतिहासिक स्थानहरु प्रायगरी सबै ठाउँ नै घुमे ।

अब, तपाइँको सांगीतिक यात्रातिर फर्कौ, तपाइँले आज सम्म कतिवटा एल्बमहरु बजारमा ल्याइसक्नु भएको छ ?
मैले, मेरो आफ्नै लगानीमा एकल एल्बम चाहिँ, ३ वटा बजारमा ल्याएको छु । संयुक्त एल्बम त धेरै नै छन् । त्यो मैले यहाँ उल्लेख गरिन ।

सांगीतिक क्षेत्रमा चाहिँ तपाइँ कसरी आउनु भयो ?
म सानै देखि गीत संगीतमा रुचि राख्थे,त्यो बेला अरुणा लामा,भक्तराज आचार्य,गोपाल योञ्जनको गीतहरु धेरै सुन्थे । यसरी अरुको गीतहरु सुन्दा सुन्दै, म भित्र पनि गीत गाउने इच्छा चाहना बढेर आयो । जब मैले २०५३ सालमा एसएलसी गरे,त्यसपछि काठमाडौ आएर,रेडियो नेपालमा स्वर परिक्षण दिएँ । रेडियो नेपालमा स्वर परिक्षण पास गरेपछि गीत गाउन सुरु गरेकी हुँ ।

नेपाली गीत-संगीत र युकेको सांगीतिक वातावरणमा कतिको भिन्नता पाउनु भयो त ?
धेरै नै फरक पाएँ,हामी नेपालीहरु आफ्नो भाषाका गीतहरुको,त्यति महत्व दिदैनौ, हामी यहाँ बसेर,हिन्दी र अंग्रेजी गीतहरु सुन्छौ । तर युकेमा,चाहिँ धेरै नेपालीहरु,नेपाली गीत नै सुन्दाराहेछन् । जति नै व्यस्त भए पनि,समय मिलाएर, नेपाली सांगीतिक कार्यक्रम हेर्न आइदिनु हुदो रहेछ । यसर्थ यहाँ भन्दा, त्यहाँ नेपाली गीत संगीतलाई माया गरेको पाएँ ।

खोटाङ्ग जस्तो विकट ठाउँबाट आज यहाँ सम्म आइपुग्नु भएको छ । आज सबैले गायिका सरला राई भनेर चिनेका छन् । यो यात्रा बिचमा धेरै आरोह अवरोह पनि आयो होला हैन ? अर्थात भनुँ कतिको संघर्ष गर्नु पर्यो ?
धेरै संघर्ष गरेकी छु । म गाउँमा जन्मिएकी मान्छे,म गायिका बन्छु भनेर,एक्कासी काठमाडौ छिरेकी हुँ । त्यो बेलामा एकातिर पढाइ पनि अगाडि बढाउनु थियो । अर्कोतिर संगीतलाई पनि अगाडी बढाउनु थियो । त्यो बिचको संघर्षहरु धेरै छ ।

कुनै नयाँ एल्बम ल्याउदै हुन्छ ?
अस्ति युके जानु भन्दा अगाडि मोह भन्ने एल्बम गरेर गएकी हुँ । त्यो एल्बम समय अभाव र हतारको कारण ,यहाँ विमोचन गर्न पाईन । त्यो एल्बम चाहिँ युकेमा विमोचन गर्ने अवसर पाएँ । किराँत राई साँस्कृतिक कलाकार संघ र किराँत राई यायोख्खाको संयुक्त आयोजनामा उभौली साकेला पर्वको अवसरमा किराँत हाउसमा विमोचन गरेँ । यहीं हो मेरो पछिल्लो एल्बम ।

यो मोह एल्बममा,कतिवटा गीतहरु छन् ?
मोहमा ५ वटा गीतहरु छन् । सबै गीतहरु लोक आधुनिक नै हुन् । अलिकति फास्ट,अलिकति स्लो बिटको छ । विशेष गरेर सबै गीतहरु लोक फ्लेवरको नै छन् ।

अबको तपाइँको भावी योजनाहरु चाहि के के छन् त ?
म अवस्य पनि यहीँ क्षेत्रमा रहने छु । अझै सशक्त तरिकाले लाग्ने छु । जब म अस्ति युके गएँ, त्यहाँ रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको साथ सपोर्ट र मायाले मलाई झनै उत्साही बनाएको छ । म भित्र धेरै उर्जा थपिएको छ । त्यहीँ मायाको कोशेली स्वरुप उहाँहरुले मलाई एउटा एल्बमको काम गर्ने जिम्मा दिनु भएको छ । युकेमा रहेका एकदमै राम्रो गीतकार हेमकुमार राई,राम्रो गीतकार डिल्लीराम राई,ईश्वर चाम्लिङ्ग,नवराज राई,किराँत राई साँस्कृतिक कलाकार संघको अध्यक्ष निरपुमा राई र किरण चाम्लिङ्गको गरेर ७ वटा गीतहरु लीएर आएकी छु । उहाँहरुले जो विश्वास गरेर मलाई काम गर्ने जिम्मा दिनु भएको छ । त्यसमा म मेहनत गरेर काम गर्ने छु ।

यो एल्बम चाहिँ कहिले सम्म बजारमा आउछ त ?
यो एल्बमको लागि,मैले एउटा गीतको ट्रयाक बनाइ सकेर पनि,डमी गरीसकेकी छु । यो गीतको भिडियो पनि लगभग आधा जति,युकेमै लिप सिङ्ग गरेकी छु । अरु गीतहरुको पनि कम्पोज गर्न दिदै छु । यो एल्बममा जम्मा,दुई वटा गीतहरुको भिडियो गरिन्दै छ । डिल्लीराम राईको गीत र हेमकुमार राईको गीत चाहिँ,भिडियो हुदैछ । भिडियोको काम चाहिँ, किराँत राई यायोख्खाको उपाध्यक्ष समाजसेवी क्याप्टेन सुमनचन्द्र राईले गरीदिदै हुनु हुन्छ । अर्को गीतको चाहिँ,नोरमान थुलुङ्गले गरीदिदै हुनुहुन्छ ।

अब अन्त्यमा, सूचना खबरको पाठक र तपाईको गीत सुन्ने स्रोता दर्सकहरुलाई के भन्नु हुन्छ ?
म भर्खरै युके बाट आएकी हुँदा, फेरी एक पटक युके तिरै फर्केर सम्झन चाहन्छु । मलाई युके लानुहुने, किराँत राई यायोख्खा र किराँत राई साँस्कृतिक कलाकार संघ युकेलाई हृदय देखिनै धन्यबाद भन्न चाहन्छु । विशेष गरेर, किराँत राई यायोख्खा युकेको अध्यक्ष आदरणीय पदम राई ज्यु,उपाध्यक्ष आदरणीय क्याप्टेन सुमनचन्द्र राईज्यु,किराँत राई साँस्कृतिक कलाकार संघको अध्यक्ष आदरणीय गायक निरपुमा राईज्यु, उपाध्यक्ष आदरणीय गीतकार हेमकुमार राईज्यु,मिना राई दिदी उपाध्यक्ष गीतकार,डिल्लिराम राइज्यु, नव गायिका लिला गोम्देन (राई) समाजसेवी आदरणीय किरण राई ज्यु, समाजसेवी  माहा राई, समाजसेवी भिम राई,संदेश रेउल, समाजसेवी आदरणीय ध्रुब राईज्यु,समाजसेवी हर्कराम राईज्यु,कबि तथा गीतकार धन बहादुर थापाज्यु  किराँत मंच प्रवासको अध्यक्ष मुलघरे कान्छा ज्यु,किराँत मंच युकेका अध्यक्ष बिनोद राईज्यु, गायक गङ्गाराज राइज्यु, संगीतकार,गायक,एरेन्जर बिसी राईज्यु, कवि तथा गीतकार बिरु मुकारुङ्गज्यु, समाजसेवी आनन्द रानोहंछाज्यु,समाजसेवी दशरथ थुलुङ्गज्यु, समाजसेवी क्याप्टेन नोरमन थुलुङ्गज्यु, आदरणीय कानुन विज्ञ चण्डीराज राईज्यु,लगायत मलाई त्यहाँ रहदा सहयोग गर्नुहुने,सम्पूर्ण युकेवासीहरुलाई धेरै धेरै धन्यबाद भन्न चाहन्छु । र अस्ति भर्खरै मोह एल्बम बजारमा आएको छ । गीतहरु सुनेर प्रतिक्रिया दिनुहोला । र अर्को एल्बम पनि चाडै नै ल्याउने छु । धन्यबाद ।sarala

2 thoughts on “युकेवासीको कोशेलीलाई बजारमा ल्याउदै छु: गायिका सरला राई

Leave a Reply to Sarala rai Cancel reply

Your email address will not be published. Required fields are marked *