युवा गायक सुनिल राईको “सक्छौ होला” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

sunil raiकाठमाडौ १० जेठ-युवा गायक सुनिल राईको “सक्छौ होला” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल राईको “युनिक” एल्बममा रहेको उक्त गीतको अडियो भने केहि समय अगाडि नै एक कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।

सुनिल राईको एकल स्वर रहेको उक्त एल्बममा संगीतकार विकास चौधरीको एकल संगीत रहेको छ । सविना केसीको शब्द रचना रहेको यो गीतलाई संगीतकार विकास चौधरीले नै संगीत गरेका हुन् भने स्वर सुनिल राईको रहेको छ ।

निता ढुङ्गाना र मनोज शर्माले  अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई भुवन स्याङ्ग्बो तामाङ्गले निर्देशन गरेका छन् भने छायांकन ज्ञानु राई र सम्पादन मन्दिल श्रेष्ठको रहेको छ ।

“सक्छौ होला” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *