यो म्युजिक भिडियोले अहिलेको झुटो प्रेम कथालाइ चित्रण गरेको छ : कलाकार नुमा राई

numa raiकलाकारीताको न सिमा हुन्छ न कुनै भूगोल । न पहाडले छेक्छ न समुन्द्रले नै रोक्छ । सुखमा होस या दुखमा, हाँसोमा होस या रोदनमा । मिलनमा होस या बिछोडमा, त्यहाँ हुन्छ अभिनय ।
हिजोका दिनहरुमा केन्द्रीकृत थियो कलाकारीता । गाउँमा बसेर कलाकारीता गर्नु असम्भव जस्तै थियो । तर केन्द्रीकृत सिन्डिकेटलाई तोडेर, मोफसल हुँदै डायस्पोरा पुगेको छ कलाकारीता । वास्तवमा, कलाकारीताको मुल्यांकन पनि डायस्पोरामै हुने गरेको छ ।पछिल्लो समयमा मलेशिया, दुबई, कतार, कुवेतमा शाहित्य, संगीत र कलाहरु निक्कै मौलाएको छ । विभिन्न फेसबुक ग्रुपहरु बनाएर, गजल दोहोरी, मुक्तक दोहोरी अनि गीत-संगीत दोहोरी चल्ने गरेको छ । यही मध्यको एउटा सशक्त ग्रुप प्रतिभा एकको सदस्य हुन् नुमा राई । उदयपुर जिल्ला, कटुन्जे ८ वाबुङमा जन्मिएर, हुर्केकी नुमा राई दुई दाजुहरुको प्यारी बहिनी हुन् । सानो उमेर देखि नै, कलाकारीतामा चासो राख्ने नुमा राई, चाडपर्वको बेला गाउँघरमा हुने साँस्कृतिक कार्यक्रममा सधै सहभागी हुन्थिन् । विविध कारणले नेपालमा हुँदा कलाकारीतामा सक्रिय हुन नसकेकी नुमा राई जब कुवेत पुगीन अनि उनको कलायात्रामा भाग्यको ढोका खुल्यो । रोजगारीको सिलसिलामा कुवेत पुगेकी नुमा राईले आफ्नो बचेको समय कलाकारीतालाई दिने गर्छिन् । आजसम्म पाँचवटा नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी नुमा राईले भर्खरै तिम्रो स्वार्थ पुर्ती भन्ने नयाँ म्युजिक भिडियोमा काम गरेकी छिन । उनै नुमा राई संग सूचना खबर डट कमको लागि ईन्द्र जिजीबिषाले गरेको कुराकानी ।

भर्खरै नयाँ म्युजिक भिडियोमा काम गर्नु भएछ नि, त्यो कस्तो हो ?
हजुर मैले भर्खरै हिजो मात्र एउटा म्युजिक भिडियोको काम गरे, यो म्युजिक भिडियोले अहिलेको झुटो प्रेम कथालाइ चित्रण गरिएको सन्देस मुलक म्युजिक भिडियो हो । जस्ले प्रेम गर्ने बहानामा धन सम्पतिलाइ हात पार्ने दाउ हेरेको हुन्छ।

नेपालमा हुदा नै, कला क्षेत्रमा लाग्नु भएको हो कि, विदेश गए पछि ?
मेरो बाल्यकाल देखि नै रुचि हो कलाकरितामा तर नेपालमा पुर्ण अवसर नमिल्दा र ब्यतिगत अवरोधको कारण यो क्षेत्रमा सक्रिय रुपमा लाग्न सकिरहेकी थिइन । तर खुसी छु कुवैत आए पछि मेरो चाहाना पूरा भएको छ ।

कसरी कला क्षेत्रमा लाग्नु भयो ?
म कुवैतमा आए पछि, कलाकारितामा अघि बढ्न, आफ्नो भाषा लिपि संस्कृति जोगाउने अभियान बोकेको संस्था “किरात राई यायोख्खा” संग भेट भयो यहि संस्था बाट म अगाडि बढ्ने अवसर पाए । म धन्यवाद दिन चाहान्छु किरात राई यायोख्खाका अग्रज आदरणिय मान्यजनहरुलाई ।

आज सम्म कतिवटा म्युजिक भिडियोमा काम गरि सक्नु भयो ?
यो मेरो पाँचौ म्युजिक भिडियो हो । पहिलो म्युजिक भिडियोमा सुरेस ग्यवाको चरिकोटको बजार, दोस्रो सागर खड्काको हेरे साराले तेस्रो, मिलन लामाको घाम लागेको, चौथो विकास मगरको यो मनलाई तिमी संग र अहिले राज बाबू थुलुङ्को आखिर स्वार्थ पुर्तीमा अभिनय गरेकी छु।

तपाइँ रहेको कुवेतमा, नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
कुबेतमा रहेर कलाकारिता गर्दा, यहाँको अवस्था अलि जटिल छ । खुल्लारुपमा कला गला प्रस्तुत गर्न पाइने अवस्था छैन । यहाँ कलाकरितामा प्रबेस भए पछि मन मुटु दह्रो बनाउनु पर्ने अवस्था छ । यहाँको कानुन र समाज संग स्टाइकर गर्दै नेपाली कला र सिर्जनालाई जोगाउनु पर्ने अवस्था छ।

कलाकारीता अलावा तपाइँ त्यहाँ अरु के गर्नु हुन्छ ?
परदेश गए पछि नोकरी गर्नै पर्‍यो । मा यहाँ एकदमै संघर्ष गर्दै छु । १२ घण्टा ड्युटी गर्दै, हप्तामा १ दिन बाँकी समयमा यहि कला कलाकारितालाई समय दिदैछु ।

साउदी, कतार, दुबई, कुवेत,मलेशिया जाने युवतीहरुलाई नेपाली समाजले गलत नजरले हेर्ने गरेको छ अझै पनि, तपाइँ के भन्नू हुन्छ ?
हो, जति पनि खाडि मुलुकमा जाने युवतिहरुलाई गलत नजरले नै हेर्ने गर्छन तर वास्तविकता बुझ्ने कोसिस गर्दैनन् । मैले सबै राम्रा नै हुन्छन् भन्न खोजेकी हैन, कोहि त्यस्ता पनि होलान् तर त्यो उनीहरुको रहर हैन, बाध्यता ।

अबको नयाँ योजना के छ ?
अबको खास नयाँ योजना भनेको हाम्रो प्रतिभा परिवारको प्रस्तुतिमा आउन लागेको प्रतिभा एल्बम भाग १ को गीत रेकर्डिङको तयारिमा छु । हाम्रो प्रतिभा टिमको म लगायत संचालक /संगीतकार राज रोबर्ट अजनबी, सञ्जय राई छुच्चा लगायत अन्य मित्रहरुको सहकार्यमा छिटटै एल्बम “प्रतिभा भाग १ ” बजारमा ल्याउने तयारिमा छौ ।
अन्त्यमा मलाई यहाँ सम्म ल्याउने, सुचना खबर डट कम का सम्पुर्ण संचालक परिवारलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु र जति पनि मेरो अन्तर्वाता पढिदिने पाठकहरुलाइ मेरो म्यूजिक भिडियो हेरिदिन हुन अनुरोध गर्दछु ।

नुमा राईले अभिनय गरेको चरिकोटको बजारमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *