रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवा २१ मंसिर- प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको रसुवाको प्रारम्भिक मतपरिणाम अनुसार १ हजार २ सय ४७ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७ सय २१ र वाम गठबन्धनका एमाले उम्मेदवार जनार्दन ढकालले ४ सय ४८ मत पाएका छन्।

प्रदेश (क) तर्फ स्याफ्रु र थुमनको मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार प्रभात लामाले ६६३ र बाम गठबन्धनका एमाले उम्मेदवार कर्नेल लामाले ४९१ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *