राजपा नेता आमरण अनशनमा

काठमाडौ १३ कातिक- प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका नेता लक्ष्मण यादव पछिल्लो तीन दिन यता आमरण अनसनमा छन् । राजविराज स्थित गजेन्द्र चौकमा सदभावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहको सालिक अगाडी यादवले गत शनिवार दिउसोदेखी आमरण अनसनमा बसेका हुन् ।

२०७० सालको संविधान सभा निर्वाचनमा टिकट नदिई आफुसित तात्कालिन आफ्नो पार्टीले धोका गरेको, जनआन्दोलन र मधेस आन्दोलनको अगुवाई गरेपनि पार्टीले मूल्यांकन नगरेको लगायतका सातबुदे माग सहित उनी अनसन बसेका हुन् ।

मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पार्टीद्वारा टिकट बितरणमा चलखेल भइरहेको आरोप लगाउँदै अनसनरत यादवले टिकट वितरणमा कुनै भेदभाव नगरिजनताको भावना अनुसार समर्पित कार्यकर्ताको मूल्यांकन हुनुपर्ने कान्तिपुरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *