राजेश हमाल ओलीलाई बधाई दिन बालकोट पुगे

काठमाडौं, १ पुस – पछिल्लो समयमा चलचित्र क्षेत्रमा खासै नदेखिएका महा नायक राजेश हमालले ओली निवास बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन् । हमाल पछिल्लो समयमा चलचित्र क्षेत्र छाडेर राजनीतिक क्षेत्रमा आउने कसरत गरिरहेका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार वाम गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको र आगामी सरकारको नेतृत्व गरी देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन हमालले ओलीलाई शुभकामना दिएका हुन् ।

भेटमा ओलीले चलचित्रका अभिनेताले चलचित्रमा मात्र नभई देशका लागि पनि भूमिका निभाउनुपर्ने बताएका थिए । हमालसँगको भेटमा ओलीले देश र जनताको पक्षमा काम गर्ने र जनताले दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएको उनी निकट स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *