राप्रपाले पनि खाता खोल्यो

परासी १५ असार- नवलपरासीको रामग्राम नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ । रामग्राम नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडा अध्यक्ष उम्मेदवार रुद्रप्रकाश उपाध्याय २ सय १९ मतसहित विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुवन ज्ञवालीले २ सय ५ मत ल्याए । वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा सदस्य सुवास यादव बाहेक अन्य सबै पदाधिकारी राप्रपाको प्यानलले नै जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *