रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले कांग्रेस दोस्रो हुने कारण देउवा प्रति आक्रोश पोख्दै यसरी लेखे

काठमाडौं ३ जेठ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले नेपाली कांग्रेस दोस्रो हुनुमा देउवालाई दोष दिदै आफ्नो फेसबुकमा आक्रोश पोखेका छन् । उनले आउँदो चुनावमा कांग्रेस तेस्रो पार्टी बन्न सक्ने बताएका छन् ।

‘कांग्रेस दोस्रो हुनुको कारण’ शीर्षकमा पौडेलले फेसबुकमा लेखेको पोस्टमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण कांग्रेसले पराजय भोगेको तर्क गरिएको छ।

पौडेलले कांग्रेस दोस्रो हुनुका ५ कारण देखाएका यसरी लेखेका छन् ।
मनोमानी टिकट वितरण, सर्वोच्चको फैसलाविरुद्ध कांग्रेसको निर्णय, प्रधानन्यायाधीशविरुद्ध महाभियोग कदम, माओवादी केन्द्रसँगको चुनावी तालमेल आदिलाई उनले कांग्रेस दोस्रो हुनुको कारण देखाएका छन्।

उनले लेखेका छन्- कांग्रेस दोस्रो हुनुको कारण
१. सभापतिको आडमा मनोमानी ढंगले टिकट दिलाउनु।
२. सर्वोच्चले गरेको निर्णयमा असहमति गर्दै पार्टीको निर्णय पुस्तिकामै उल्लेख गर्नु।
३. सर्वोच्चको न्यायाधीश विरुद्ध पर्याप्त छलफल विना महाभियोग दर्ता गर्नु।
४. पैसाको बलमा उच्च पदमा नियुक्ति लगायत कार्य गर्नु।
५. पार्टीको केन्द्रीय कार्यालय बाट अर्को पार्टीलाई भोट हाल्ने निर्देशन दिनु।

‘यस्तै नेतृत्व कायम रहे आगामी चुनावमा तेस्रो पार्टी कांग्रेस नबनाउलान् भन्न सकिन्न’, उनले लेखेका छन्। स्थानीय तहको निर्वाचनको प्राप्त मतपरिणामअनुसार कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *