रामवरण : एउटा छोरो डाक्टर, अर्को छोरो इन्जिनियर, तर उनैलाई चाहियो राज्यकोषको तीन करोड

ram baran yadavदेशले डा. चन्द्रमोहन यादव, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो?
कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए की नेपालका पहिलो नागरिक राष्ट्राध्यक्ष राष्ट्रपति?

वा, थानी यादव र रामरति यादव दम्पत्तिका सुपुत्र हुन् त पहिलो नेपाली राष्ट्रपति ?

थाहा छैन, को थिए गणतन्त्र नेपालका पहिलो राष्ट्रपति – गणतन्त्रका विरोधीहरुलाई। तर जसले त्यो बेला कमल थापाहरुको सरकारको गोली खाएर लडेका थिए, दुर्जकुमार राईहरुको निशाना थापेर ‘गणतन्त्र जिन्दावाद’ भनेका थिए, ती चाहिं जान्दछन् देशले पहिलो नागरिक राष्ट्रपति बनाका थिए। त्यस्तो नागरिक जो स्वाभिमानको पर्याय, नैतिक ईमानको उचाईमा सगरमाथा भन्दा उँचो। सदाचारी, सहिष्णु, वेदागी र त्यागी। किनभने त्यो देशप्रमुख, बदलिएको व्यवस्थाको पहिलो नेतृत्वकर्ता लोभी नहुनेलाई बनाका हुन्। त्यो पौरखी भनेर बनाका हुन्।

थप कारण , त्यो नागरिक राष्ट्रप्रमुखकको पद २५ थान अरु निरपराध नागरिकको मृत्युमा वा शहादतमा साटिएको थियो। कमल थापाहरुको वर्वर दमनको सोधभर्नामा स्थापित गरिएको थियो। त्यसैले त्यो सिंगो संघर्षको प्रतिक, नयां युगको संवाहक र सिंगै जनमनको प्रतिनिधि धरोहर र गणतन्त्रकै प्रतिक हुने जनअपेक्षा थियो, छ र रहिरन्छ पनि शायद।

तर, के त्यो पदीय उचाईमा फिट एण्ड फाइन र काविल सावित भए त रामवरण यादव अर्थात् देशका प्रथम गणतन्त्रका शिखर धरोहर? हो, नेपालको गणतन्त्रमा किन धमिरा लागो र यो किन रोगाउँदै कुपोषण लागेको बालक झैं भैरहेको छ भन्ने अनेक कारक र कारण मध्येका एक हुन् उनै डा. रामवरण यादव। र त उनी अहिले मगन्ते भएर भीख मागिरहेका छन सरकारसँग। अनि क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड दिइरहेका छन् एक चुटकीको निर्णयमा तिनै डा. रामवरण यादवलाई लाखका लाख, उपचार सहयोग।

प्रचण्डको दस्तखतले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च प्राप्त भइसक्यो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भाकाले थप उपचारका लागि उनी अमेरिकै जानुपर्ने रे। अमेरिका जाने खर्च सरकारले नै व्यहोर्नु पर्ने रे। कुरो क्लियर छ। डा. यादवको निजी सचिवालयका अनुसार यादवको सेप्टेम्बर तेस्रो हप्ता हेनरी फोर्ड सेन्टरमा उपचार हुनेछ।

थप कुरो, पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो रकम पेश्की मात्र हो। र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ। चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ।

डा. यादवलाई सरकारले दान गरेको यो दोस्रोपल्ट रैछ। यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ देको रे । तर नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो रे । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए रे।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिने प्रचण्डसत्ताको लिखत भारछ । साथमा उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारीे निर्णय भा रछ।

दिने गणतन्त्रका लागि जीवनभर लडेका प्रचण्ड, लिने गणतन्त्रकै पहिलो राष्ट्रपति। अझ प्रचण्डै थे क्यार पहिलो गणतान्त्रिक प्रधानमन्त्री पनि । यसमा मन दुखाई नगरौं । तर पनि प्रचण्ड वा सरकार जवाफ देऊ स्वर्गवासी डा. चित्र वाग्लेले यो स्तरको राज्यको पैसो किन नपाको ? के ती देशद्रोही थिए, जस्ले मोफसलमा बसेर स्वाथ्य क्रान्ति नै गरेका थिए । धेरै भन्नु छैन तर तलका तथ्यहरु भन्छन, यी अयोग्य थिए, गणतन्का प्रतिक पात्र हुन, सम्मानीत र प्रेरक हुन्।

– स्व. गिरिजा प्रसाद कोइराला र प्रचण्डको शासकीय महत्वाकांक्षाको परस्परविरोधी स्वार्थखेलको कागताली परेर मात्रै आफू राष्ट्रपति भाको हुं भन्ने यी मनुवाले पुष्टि गरे । यी राष्ट्रपति शव्दको ओझ, वोझ र गरिमा धान्न लायक थिएन रैछन्।

-पूर्वराष्ट्रपतिले पृथ्वी नारायण शाहको इतिहास भत्काको हो, गणतन्त्रको नाममा । तर ती भिखारी सावित भए, बाटाका मगन्ते भन्दा ज्यादा।

– एउटा छोरो डा. अर्को छोरो इन्जिनियर अनि यिनलाई चाहिने राज्य कोषकै ३ करोड । हो हजुर मगन्ते क्लासले जुनसुकै हालतमा मागेरै बस्छ भन्ने उदाहरण यही नै हो ।

राजाहरुको क्लास र भैसी गोठालाहरुको क्लास कस्तो हुन्छ ? चरित्र, व्यवहार र जनप्रेम भन्ने नमुना रामवरण र ज्ञानेन्द्र शाहलाई तुलना गरेर हेरौ त ? कहांको भिखारी मानसिक्ताका यादव, कहाको उदार ज्ञानेन्द्र जो गद्धी छोडदा हाँसेथे ।

आखिर पूर्वराजा भन्दा पृथक र उच्च हुन सकेन्न नी पूर्व राष्ट्रपति हैन त गणतन्त्रका धुरन्धर समर्थक मान्यवरहरु ? त्यसैले पूर्व राजा अग्ला हुँदा पुडका भाका छैनन् त डा. यादव ?

गणतन्त्र भनेको के पूर्व विशिष्ठका लागि राज्यकोषलाई दूहुनो गाई बनाउने हो डा. रामवरणले जस्तो ? टुक्रे राज्य एकिकृत गरेर आधुनिक नेपालको रचना गरेर सत्ता र भत्ता खाका थे पूर्व राजाहरुले । तर डा. यादवले के के योगदान गरेका थे ? पूर्व कांग्रेसी बाहेक उनको योगदानको चर्चाहोस न शहरमा यही मौकामा ?

गणतन्त्रका पहिलो जननिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ९ महिनामा यी यादवले भारतको निर्देशनमा सत्ताच्यूत नगरेको भे अन्तरिम संविधान मिचिन्थ्यो ? त्यो संविधान नमिचेको भए कार्यकारी प्रधानमन्त्री सेरेमोनियल राष्ट्रपतिले आउट गर्ने गलत नजिर बस्थ्यो ? अहिले प्रचण्ड प्रम भए त उनको चलाखीपूर्ण योग्यताले भए हैन र ? तर तिनै प्रचण्ड यस्तालाई केवल पूर्वराष्ट्रपतिको नाममा किन राज्यकोष बांडछन मनपरी ?

पहिलो संविधानसभा बिनाकाम तुहाउन डा. रामवरणको नालायकी भुमिका कतै समिक्षित हुनुपर्दैन ? केवल उनको डेरा भाडा, खर्च राज्यले भरेर मात्रै हुन्छ ?

डा. रामवरणले पाउने सुविधा कर्णलीका विपन्नले भुकम्प पीडिले पाउछन त प्रमज्यू ?

स्वदेश भन्दा विदेश, त्यसमा नी अमेरिकै उपचार हुनुपर्ने कस्तो क्यान्सर डा. रामवरणको मात्रै ? कति छन नेपालमा क्यान्सर पीडित ? तिनले यसको एक अंश पाउछन त प्रचण्ड सरकारबाट ?

डा. यादवले मधेश आनदोलनलाई घिऊ थप्न, भारतलाई नाकाबन्दीका लागि ग्राउण्ड तयार गर्न दिएको योगदानको पुरस्कार हो यो सहायता?

यी र यस्ता प्रश्नहरु अब जनजनबाट सोधियोस्। किनकी राज्यको तीन करोड बढी गैसक्यो अब डा. रामवरणलाई । यी नमरुन्जेल अब यो सहायतामा पूर्णविराम नलाग्ला । पंक्तिकारको पूर्ण सहमति व्यक्ति रामवरणको उपचारमा सहायताका लागि । तर पूर्ण विमती र कटाक्ष यस्ता गणतान्त्रिक सेता हात्तिहरुको विपक्षमा । तपाईको के मत छ पाम । सदर बदर जनताले गर्लान । गणतन्त्र दुव्लाउदै, रोगउदै गाको रामवरणहरु प्रवृत्तिले हो, गणतन्त्रका हिमायतीहरुलाई समयमा नै चेतना भया ।

  By सूर्य खड्का (source : mysansar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *