रामशरण महतको गाडी एम्बुसमा पर्यो

नुवाकोट, १ मंसिर- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्रनम्बर २ का उम्मेदवार डा. रामशरण महतको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको छ । चुनावी प्रचारका लागि नुवाकोटको ककनी गाउँपालिका जाने क्रममा वडा नम्बर ७ मा महतको गाडीमा बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

बिस्फोटमा परी नेता महत सकुशल रहेपनि,नेपाली कांग्रेसका चार जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङको परिचय खुलेको छ । अर्का एकजनाको परिचय खुल्न सकेको छैन । बम बिस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *