रायन कार्कीको निर्देशनमा प्रमोद सुनुवारको”कसरि” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ १५ चैत्र, गायक तथा निर्देशक रायन कार्कीको “कसरि” बोलको गीत सार्वजनिक भएको छ । पछील्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त हुँदै गईरहेका गायक/निर्देशक रायन कार्किले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा गायक प्रमोद सुनुवारको स्वर रहेको छ । गायक प्रमोद सुनुवारले नै यो गीतको शब्द रचना र संगीत गरिएको उक्त गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका छन् ।

निर्देशक रायनले उक्त गीतको म्युजिक भिडियोलाई युवा पुस्तालाई लक्षित गरेर कोरियन फ्लेवरमा निर्माण गरेका छन् । “कसरी” बोलको म्युजिक भिडियोको हरेक फ्रेमिङ शट र यस्को कलरिङ्ग हेर्दा कोरियन भिडियो हेरेको महसुस जो कसैले गर्न सक्छ । बियोगान्त थिममा तयार गरिएको म्युजिक भिडियोमा मोडलद्वय उरिशा र सुदिप मगरले अभिनय गरेका छन् । सिमा गुरुङले श्रिङ्गार गरेको उक्त म्युजिक भिडियोमा सुमित नेपालीको क्यामरा वर्क तथा दिपक बिष्टको सम्पादन रहेको छ।

भिडियो हेर्न तलको लिन्क खोल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *