राष्ट्रियसभा निर्वाचन मिति नतोकी सत्ता लम्ब्याउने खेलमा सरकार

काठमाडौं, २० पुस- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचन मिति तत्काल नतोक्ने निष्कर्षमा पुगेका छन् । राष्ट्रियसभा निर्वाचन नगरी प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगलाई दवाव दिंदै आएका देउवाले बिहीवार बालुवाटारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रियसभा निर्वाचन मिति नतोक्ने निश्कर्षमा पुगेका हुन् ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा देउवाले कम्तिमा ६ महिना राष्ट्रियसभा निर्वाचन नगर्ने योजना सुनाएका हुन् । सोही योजना अनुरुप मन्त्रिपरिषद बैठक पनि देउवाले अनिश्चित कालका लागि स्थगित गरेका छन् ।

प्रदेशप्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी र राष्ट्रियसभा चुनावको मिति तोक्न बिहीवार मन्त्रिपरिषद् बैठक बस्न लागेको वताइएको थियो । तर, प्रदेशप्रमुख नियुक्तिमा राजनीतिक सहमति नजुटेको निहुँ बनाएर देउवाले राष्ट्रियसभा निर्वाचन कम्तिमा ६ महिना पर धकेल्ने निश्कर्ष कांग्रेस बैठकमा सुनाएका हुन् । राष्ट्रियसभाको चुनाव विना प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगलाई दबाब दिएका देउवाले राष्ट्रियसभा चुनाव नगरी अर्काे ६ महिनासम्म सरकार लम्ब्याउने योजना बनाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *