राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत सरकारमा जाने

काठमाडौ २३ असोज- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत सरकारमा जाने भएको छ। आज राप्रपाको आकस्मिकरुपमा बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिने जनाइसकेका छन्। अहिले बैठक जारी छ। सरकारमा जाने विषयमा गरिएको निर्णय पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गरिने राप्रपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *