राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव माघ ४ गते मनाउदै

काठमाडौ २३ पुस- नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते `खि´ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ। रिपोर्टस क्लब पत्रकार सम्मेलन गर्दै विविध साँस्कृतिक कार्यक्रम सहित आउदो माघ २,३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागेको २८५४ औ सोनाम ल्होछार मुल आयोजक समितिको संयोजक वीर बहादुर योन्जनले जानकारी दिए ।

उक्त अवसरमा पुरानो बर्ष चरा वर्षा , ज्या ल्हो, लाई बिदाई गर्दै नयाँ बर्ष “नगि´´ कुकुर बर्षलाई स्वागत गर्दै विविध कार्यक्रमहरु गरिने जनाएको छ। माघ २ गते रक्तदान कार्यक्रम,३ गते तामाङ सेलो ग्रुप नृत्य प्रतियोगिता,साँस्कृतिक कार्यक्रम ल्होछर इभ र ४ गते साँस्कृतिक झाँकी सहितको र्याली शान्ति बाटिकाबाट बागबजार,प्रदर्शनी मार्ग, भद्रकाली, सहिद गेट हुँदै टुँडिखेलमा प्रवेश गरि २८५४ औं सोनाम ल्होछार साँस्कृतिक महोत्सवको विधिवत रुपमा प्रधानमन्त्री शेर बहादुर देउबाको बाहुलिबाट समुदघाटन गरिने आयोजकले जानकारी दिएका छन् ।

साथै पत्रकार सम्मेलनको प्रमुख अतिथी दक्षिण कोरियाको पुर्ब महामहिम राजदुत कमान सिं लामाले तामाङ जातिको सोनाम ल्होछार सदिऔं देखि साँस्कृतिक पर्बको रुपमा मान्दै आएको र पछिल्लो समय तिथि र मिति बारेमा विवाद चर्केकोमा आपती जनाए । उनले युगौ देखि माघ सुक्लप्रतिपदा अर्थात माघ महिनामै मान्दै आएको सोनाम ल्होछार माघ मै ल्हो फेर्ने भएकोले यसपाली पनि माघ सुक्लप्रतिपदा माघ ४ गते परेकोले कोहि पनि भ्रममा नपरी माघ ४ गते नै मनाउनको लागि अपिल गरे ।

त्यसैगरी पत्रकार सम्मेलनमा लुम्बिनी बिकास कोषको पुर्ब सदस्य सचिव तथा सँस्कृतीविद अजित मान तामाङले सोनाम ल्होछार परापुर्बकाल देखि नै हाम्रो पुर्खहरुले मान्दै आएको तामाङहरुको नयाँ बर्ष भएको बताए।माघ चन्द्र महिनाको पहिलो दिन तामाङ बर्षको तामाङ पहिलो महिना “ख्रेला” को प्रथम दिन अर्थात औंशिको भोलि पल्टको दिनको “प्रतिपदा तिथि´´छेपागी आरम्भ हुने दिन हो। फागुन ४ चीनिया तिब्बतीहरुको नयाँ बर्ष हो, ल्होछार हो, भारतिय कालचक्र तन्त्र हाम्रो प्राचीन पात्रो परम्परा होइन।तिब्बतीहरुको पनि होइन,यो त कारची परम्परा हो।हाम्रो परम्परा नाग्ची हो।त्यसैले त तिब्बती पात्रोहरु जसलाई दाथो र लोथो अर्थात महिनाको आधारमा दाथो भनिन्छ।

लोथो बर्षको आधारमा चली आएको नै कुनै पनि पात्रोको पहिले महिना उनिहरु कै तर्क अनुसारको नेपाली र कासी पात्रोको फागुन शुक्ल प्रतिपदा बाट आज सम्म पात्रो बनाउन सकेको छैन।त्यो पात्रो उनिहरुको बैशाख देखि दावा सुम्पा, अर्थात तेस्रो चन्द्र महिना त कहिले चौथो महिना नेपाली तथा काँसि पात्रोको बैशाख महिनाबाट मात्र तिब्बती लोथा दाथो निर्माण गरेको हुन्छ,त्यसैले तामाङहरुको सटिक र तथ्यगत बिषयलाई मोडेर ब्याख्या गर्न खोज्नु दास मानसिकता मात्र रहेकोले यो अनावश्यक गलत तर्कको बहकाउमा नलागी सम्पुर्ण तामाङ एक हुन अपिल गरेका छन् । उनले एक पाते भित्तेपात्रो बनाउदैमा असली तामाङको पात्रो नभएको जनाउदै आम तामाङ समुदाय भ्रममा नपरी माघ ४ गते नै हाम्रो ल्हो फेर्ने दिन भएकोले त्यही दिन ल्होछार मान्न समेत अपिल गर्नु भएको छ।

त्यसै गरि पत्रकार सम्मेलनमा नेपाल पंचांग निर्णयक समितिको अध्यक्ष प्राध्यापक डा. राम चन्द्र गौतमले माघ ४ मा पर्ने माघ शुक्लप्रतिपदा फागुन ४ मा भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएको छ।नेपाल तामाङ घेदुङले माघ ४ को माघ शुक्ल फागुन ४ मा सरेको भनी भ्रम फैलाउनु सरासर गलत भएको टिप्पणी गर्दै भ्रममा नपर्न आग्रह गरे । उनले तिब्बतीहरुको पात्रो धेरै पुरानो विधिबाटै प्रकाशीत भएको र ग्रह नक्षेत्रको चालको मापनमा तलमाथी भएको जनाएको छ। संसारको जुन सुकै ज्योतिष बिज्ञानले हेरे पनि ग्रह नक्षेत्रको मापनमा नेपालको गणितीय प्रणाली फेल नखाने भन्दै भ्रमात्मक प्रचार नगर्न समेत अपिल गरेको छ ।

त्यसैगरी नेपाल पंचांग निर्णयक समितिका सदस्य प्राध्यापक डा.जगतमान गुरुङले तिब्बतको समय र नेपालको समय चक्र नै फरक रहेको र पुरानै बिधिबाट ग्रह राशि मापन गरेकोले तिब्बतीहरुको पात्रो नमिलेको दाबी गरेका छन खगोल र नक्षेत्रको आधारमा ग्रहहरुको चालको मापन कहिले फेल नखाने भन्दै नेपालको गणितिय प्रणाली अरुको भन्दा उत्कृष्ट रहेको दाबी गर्दै कुनै त्रुटि नरहेको र यसपाली माघ शुक्ल प्रतिपदा माघ ४ गते रहेकोले सोनाम ल्होछार माघ ४ मै परेको जनाएको छ।

पत्रकार सम्मेलनमा प्रोफेसर कर्म गोमछेन लामा,नेपाल संघीय समाजबादी नेपालका नेता तथा पुर्ब सभासद योगेन्द्र घिसिङ,ताम्सालिङ उत्थान नेपालको अध्यक्ष ज्ञानु लामा, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय उपाध्यक्ष निरज गोले,सिराह तामाङ समाजका अध्यक्ष हिरण्यलाल तामाङको साथै विभिन्न संघ सस्थाको प्रतिनिधि समेत सहभागी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *