रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा कांग्रेस अगाडि र उपमेयरमा एमाओवादीको अग्रता

खोटाङ्ग १५ असार, खोटाङ्ग जिल्लाको रुपाकोट मझुवागढी वडा नं १ दिक्तेलको मत गणना जारी रहेको छ । अहिले यो समाचार तयार पार्दा सम्म नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर एकको मत परिणाम अहिले नेपाली कांग्रेसको तर्फ बाट मेयरमा ६५ मत उपमेयरमा ५३ मत र वडा अध्यक्षमा १०० मत देखिएको छ ।

यस्तै दोस्रो स्थानमा पछ्याई रहेको एमालेको मेयर उम्मेदवारलाई ५६ मत,उपमेयरलाई ५४ मत र वडा अध्यक्षलाई ५१ मत देखिएको छ ।

तेस्रो स्थानमा पछ्याई रहेको एमाओवादी तर्फको मेयर उम्मेदवारलाई ५४ मत, उपमेयरलाई ९१ र वडा अध्यक्षलाई ५१ मत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *