रेखा थापा राप्रपामा प्रबेस

मंसिर २७ काठमाडौ, कलाकारहरु कलाकारिता क्षेत्रमा सक्रिय भइन्जेल सम्म कलाकारिता गर्ने अनि आफु यो क्षेत्रमा बिक्न छाडेपछि राजनीतिमा लाग्ने एउटा परम्परा जस्तै बनेको छ। यसैलाई निरन्तरता दिदै, नायिका रेखा थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् । रेखा थापालाई,

इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए । रेखाका साथमा उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । उनले नेपाल र राप्रपाको झण्डा ओडेर आफूले मर्न चाहेको बताइन् । ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ रेखाले भनेकी छिन् ।

म हिजोका दिनमा जनलहर चलेको बेला अरु कुनै पार्टीमा पुगेकी थिएँ । तर ‘म गर्वका साथ के भन्न सक्छु भने, यो नै मेरो घर थियो । यो नै मेरो विचारसँग सहमत पार्टी थियो । रेखाले पार्टी प्रबेसमा भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *